Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नभाल्नीका परिवारले अझै शव पाएनन्


काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी एलेक्सी नभाल्नीको शव २ सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ । उक्त जेलमा बन्द नभाल्नीको गत साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परीक्षणका लागि राखिएको बताइएको थियो ।

रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई दिइएको छैन । नभाल्नीका श्रीमतीले पतिको शव लुकाएको बताएकी छन् भने उनले आफ्ना पतिको हत्या पुटिनले गरेको र पुटिनविरुद्ध पतिले छेडेको अभियानलाई आफूले निरन्तरता दिने समेत बताएकी छन् ।

उता, क्रेमलिनले नभाल्नीको मृत्युको बारेमा आफूहरूले अध्ययन गरिरहेको र अझैसम्म कुनै नतिजा नआएको जवाफ दिएको छ भने अनुसन्धानपछि मात्रै हस्तान्तरण गर्ने पनि बताएको छ । नभाल्नीको मृत्यु पछि पुटिनमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय फोरमहरूमा नभाल्नीको मृत्युको जाँच हुनुपर्ने आवाज उठेको हो ।

त्यसैगरी अमेरिका र युरोपियन युनियनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा पनि छलफल गरिरहेको जनाएको छ । त्यस्तै, रुसका प्रवक्ता दिमित्री पेस्कोभले नभाल्नीको मृत्युका सम्बन्धमा पश्चिमीहरूको टिप्पणी ‘अंहकार’ र अस्वीकार्य भनेर टिप्पणी गरेका थिए । रुसले नभाल्नीको ‘सडन डेथ सिन्ड्रोम’ ले ज्यान गएको बताएको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?