Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नभाल्नीका परिवारले अझै शव पाएनन्


काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी एलेक्सी नभाल्नीको शव २ सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ । उक्त जेलमा बन्द नभाल्नीको गत साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परीक्षणका लागि राखिएको बताइएको थियो ।

रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई दिइएको छैन । नभाल्नीका श्रीमतीले पतिको शव लुकाएको बताएकी छन् भने उनले आफ्ना पतिको हत्या पुटिनले गरेको र पुटिनविरुद्ध पतिले छेडेको अभियानलाई आफूले निरन्तरता दिने समेत बताएकी छन् ।

उता, क्रेमलिनले नभाल्नीको मृत्युको बारेमा आफूहरूले अध्ययन गरिरहेको र अझैसम्म कुनै नतिजा नआएको जवाफ दिएको छ भने अनुसन्धानपछि मात्रै हस्तान्तरण गर्ने पनि बताएको छ । नभाल्नीको मृत्यु पछि पुटिनमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय फोरमहरूमा नभाल्नीको मृत्युको जाँच हुनुपर्ने आवाज उठेको हो ।

त्यसैगरी अमेरिका र युरोपियन युनियनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा पनि छलफल गरिरहेको जनाएको छ । त्यस्तै, रुसका प्रवक्ता दिमित्री पेस्कोभले नभाल्नीको मृत्युका सम्बन्धमा पश्चिमीहरूको टिप्पणी ‘अंहकार’ र अस्वीकार्य भनेर टिप्पणी गरेका थिए । रुसले नभाल्नीको ‘सडन डेथ सिन्ड्रोम’ ले ज्यान गएको बताएको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?