Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

स्पेनिस ला लिगामा जिरोना पराजित


काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको जिरोना पराजित भएको छ । सोमबार राति भएको खेलमा जिरोना एथ्लेटिक विलबाओसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

त्यसैगरी, एथ्लेटिकका एलेजान्ड्रो रिमेरियोले दोस्रो मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यही १ गोलका कारण पछि परेको जिरोनाले ४९ औं मिनेटमा बराबरी गरेको थियो भने जिरोनाका लागि त्स्यगानकोवले बराबरी गोल फर्काएका थिए, तर ५६औं मिनेटमा एलेजान्ड्रोले व्यक्तिगत दोस्रो गोल गर्दा एथ्लेटिक बिलबाओ २-१ ले अघि बढेको थियो ।

त्यसैगरी ६० औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै एथ्लेटिकलाई ३-१ ले अघि बढाएका थिए भने ७५औं मिनेटमा एरिक ग्रासियाले गोल गरेर जिरोनालाई राहत दिलाए पनि अन्ततः एथ्लेटिक विलबाओ ३-२ ले विजयी भयो । सो जितसँगै बिलबाओ तालिकामा ४९ अंकका साथ पाँचौं स्थानमा छ भने पराजित भएको जिरोना ५६ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ ।

ला लिगामा रियल मड्रिड ६२ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?