Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

स्पेनिस ला लिगामा जिरोना पराजित


काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको जिरोना पराजित भएको छ । सोमबार राति भएको खेलमा जिरोना एथ्लेटिक विलबाओसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

त्यसैगरी, एथ्लेटिकका एलेजान्ड्रो रिमेरियोले दोस्रो मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यही १ गोलका कारण पछि परेको जिरोनाले ४९ औं मिनेटमा बराबरी गरेको थियो भने जिरोनाका लागि त्स्यगानकोवले बराबरी गोल फर्काएका थिए, तर ५६औं मिनेटमा एलेजान्ड्रोले व्यक्तिगत दोस्रो गोल गर्दा एथ्लेटिक बिलबाओ २-१ ले अघि बढेको थियो ।

त्यसैगरी ६० औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै एथ्लेटिकलाई ३-१ ले अघि बढाएका थिए भने ७५औं मिनेटमा एरिक ग्रासियाले गोल गरेर जिरोनालाई राहत दिलाए पनि अन्ततः एथ्लेटिक विलबाओ ३-२ ले विजयी भयो । सो जितसँगै बिलबाओ तालिकामा ४९ अंकका साथ पाँचौं स्थानमा छ भने पराजित भएको जिरोना ५६ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ ।

ला लिगामा रियल मड्रिड ६२ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?