Trending
>>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एक वर्षमा ९ हजारभन्दा बढी व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित


काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्सेकले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत यो तथ्यांक सार्वजनिक गरेको हो ।

त्यस्तै, इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२३ मा मानव अधिकार उल्लङ्घनका घटनामा ९ सय ८८ जना र ज्यादतीका घटनामा ८ हजार ४ सय जना पीडित भएका छन् । सन् २०२२ मा यस्ता घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।

इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा मानव अधिकार उल्लङ्घन सूचकाङ्क सार्वजनिक गरेको छ भने सो सूचकाङ्क अनुसार बागमती प्रदेश सबैभन्दा माथि र सूदूरपश्चिम प्रदेश तल छ ।

मानव अधिकार उल्लङ्घन सूचक एक समग्र सूचकाङ्क हो, जसले मानव अधिकार उल्लङ्घनका सन्दर्भमा नेपालका सात ओटै प्रदेशको सापेक्षिक स्थिति पहिचान गर्न मद्दत गर्दछु -इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले भने ।

 


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?