Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नारायणगढ-मुग्लिन सडकमा पहाड काट्ने काम अन्तिम चरणमा


काठमाडौं। नारायणगढ-मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त सडक खण्डमा १२ बजे देखि ४ बजेसम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ ।

सो सडक खण्डको तुइन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइरहेको हो । उक्त खण्डमा करिब ६० मिटर पहाड रहेकोमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटरमध्ये २७ मिटर पहाड काटि सकेको बताइएको छ ।

सो सडक खण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भई सकेको छ । पहाड काट्नको लागि फागुन १२ गते सम्म समय दिइएको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?