Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

६३औँ वार्षिकोत्सवको अवसरमा राससका उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत


काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) ले ६३औँ वार्षिकोत्सवको अवसर पारेर आज उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ । आज यहाँ आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार र कर्मचारी गरी आठ जनालाई उक्त पुरस्कार प्रदान गरेकी छन् ।

त्यसैगरी, उत्कृष्ट सम्पादनतर्फ वरिष्ठ सम्पादक कृष्ण सापकोटा, उत्कृष्ट समाचार सङ्कलनतर्फ वरिष्ठ सहायक समाचारदाता अशोक घिमिरे र उत्कृष्ट कर्मचारीतर्फ उपव्यवस्थापक राजेशकुमार श्रेष्ठ पुरस्कृत भएका छन् ।

उत्कृष्ट फोटो तथा श्रव्यदृश्यतर्फ सुरेश आचार्य (सुर्खेत), उत्कृष्ट आलेखतर्फ रामविकास चौधरी (रुपन्देही) तथा उत्कृष्ट जिल्ला समाचारदातातर्फ रुपनी जिएम (बाँके), मनोज दाहाल (मोरङ) र निरञ्जनकुमार साह (धनुषा) ले पुरस्कार प्राप्त गरे । उक्त पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

मन्त्री शर्माले राससको सेवाग्राहीमध्येबाट रेडियो नेपाल, रातोपाटी अनलाइन र प्रतीक दैनिक (वीरन्गज) लाई सम्मान प्रदान गरिन् । ती सञ्चारमाध्यमले राससको समाचार प्रकाशन तथा प्रसारण गर्ने क्रममा ‘क्रेडिट’ दिएका कारण सम्मान गरिएको रासस व्यवस्थापनले जनाएको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?