Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने


काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा शङ्कर भण्डारीको नेतृत्वमा २२ केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको एजेण्डामा पार्टी उभिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका थिए ।

सांसद समेत रहेका नेता भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक समेत भइसकेको छ, तर आजबाट सुरु हुने महासमितिको बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताएका छन् । उनले कांग्रेस एकल धर्मको राज्य, एकल वंशको शासन, एकल जातीय शासन, एकल विचारको शासनको पक्षमा नरहेको समेत प्रष्ट पारेका छन् ।

नेता भण्डारीले वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा पुरक प्रस्ताव पेस गदै छन् । उनले भनेका छन्, महासमिति बैठकमा पेश हुने वैदिक सनातन हिन्दू धर्म पुरक प्रस्तावको पक्षमा समर्थनका लागि समेत आग्रह गर्दछु ।

कांग्रेसपछि पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ भने अघिल्लो महासमितिको बैठकमा पनि भण्डारीसहित महासमिति सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?