Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने


काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा शङ्कर भण्डारीको नेतृत्वमा २२ केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको एजेण्डामा पार्टी उभिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका थिए ।

सांसद समेत रहेका नेता भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक समेत भइसकेको छ, तर आजबाट सुरु हुने महासमितिको बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताएका छन् । उनले कांग्रेस एकल धर्मको राज्य, एकल वंशको शासन, एकल जातीय शासन, एकल विचारको शासनको पक्षमा नरहेको समेत प्रष्ट पारेका छन् ।

नेता भण्डारीले वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा पुरक प्रस्ताव पेस गदै छन् । उनले भनेका छन्, महासमिति बैठकमा पेश हुने वैदिक सनातन हिन्दू धर्म पुरक प्रस्तावको पक्षमा समर्थनका लागि समेत आग्रह गर्दछु ।

कांग्रेसपछि पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ भने अघिल्लो महासमितिको बैठकमा पनि भण्डारीसहित महासमिति सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?