Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

नामिबियाले दिएको १२४ रनको लक्ष्य पच्छ्याउँदै नेदरल्यान्ड्स


काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा जारी खेल अन्तर्गत नामिबियाले नेदरल्यान्ड्ससमक्ष १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्यस्तै, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिबियाले खराब प्रदर्शन गर्दै जम्मा १२३ रन बनायो।

नामिबियाले निर्धारित ५० ओभरमध्य ३५ दशमलव १ ओभर खेल्दै सबै विकेट गुमाएर १२३ रन मात्रै बनाया भने नामिबियाका लागि जेजे स्मीथले सर्वाधिक २६ रन बनाए भने रुबेन ट्रम्प्लेमेनले २० रन बनाए। अन्य कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन्।

त्यस्तै, नामिबियालाई सस्तोमै समेट्न नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले सबैभन्दा धेरै ६ विकेट लिए। आर्यनले जम्मा ६ रन खर्चेर एक ओभर मेडन ओभर गरे। काइली क्लेनले २ विकेट लिँदा म्याक्स ओ डड र रोयलफ भेन डर मेर्यूले १/१ विकेट लिए।

जारी सिरिजमा नेदरल्यान्ड्सले जित हात पारेको छैन भने नामिबिया र नेपालले एक एक खेल जितेको छ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?