Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नामिबियाले दिएको १२४ रनको लक्ष्य पच्छ्याउँदै नेदरल्यान्ड्स


काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा जारी खेल अन्तर्गत नामिबियाले नेदरल्यान्ड्ससमक्ष १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्यस्तै, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिबियाले खराब प्रदर्शन गर्दै जम्मा १२३ रन बनायो।

नामिबियाले निर्धारित ५० ओभरमध्य ३५ दशमलव १ ओभर खेल्दै सबै विकेट गुमाएर १२३ रन मात्रै बनाया भने नामिबियाका लागि जेजे स्मीथले सर्वाधिक २६ रन बनाए भने रुबेन ट्रम्प्लेमेनले २० रन बनाए। अन्य कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन्।

त्यस्तै, नामिबियालाई सस्तोमै समेट्न नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले सबैभन्दा धेरै ६ विकेट लिए। आर्यनले जम्मा ६ रन खर्चेर एक ओभर मेडन ओभर गरे। काइली क्लेनले २ विकेट लिँदा म्याक्स ओ डड र रोयलफ भेन डर मेर्यूले १/१ विकेट लिए।

जारी सिरिजमा नेदरल्यान्ड्सले जित हात पारेको छैन भने नामिबिया र नेपालले एक एक खेल जितेको छ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?