Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

राससको ६३औँ वार्षिकोत्सव समारोह प्रारम्भ


काठमाडौं। राष्ट्रको एक मात्र समाचार समितिका रुपमा रहेको राष्ट्रिय समाचार समिति (रासस) को ६३औँ वार्षिकोत्सव समारोह भर्खरै यहाँ प्रारम्भ भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीप्लाजामा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा विशेष समारोहमा सुरु भएको हो ।

त्यस्तै, देश तथा विदेशका सञ्चार माध्यमलाई समाचार दिने एक सहयोगी संस्थाका रुपमा विसं २०१८ सालमा स्थापना भएको रासस आज ६३ वर्ष प्रवेश गरेको छ भने उक्त वार्षिकोत्सवका अवसरमा राससले उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कार र उत्कृष्ट सेवाग्राहीलाई सम्मान गर्दैछ ।

सो समारोहमा सञ्चार मन्त्री शर्माले राससले प्रकाशन गरेको ‘रासस अनुभव र अनुभूति’ पुस्तक लोकार्पण गर्ने कार्यक्रम रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण रेग्मी, मन्त्रालयका उच्च पदस्थ अधिकारी, रासस सञ्चालक समिति सदस्यलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?