Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

राससको ६३औँ वार्षिकोत्सव समारोह प्रारम्भ


काठमाडौं। राष्ट्रको एक मात्र समाचार समितिका रुपमा रहेको राष्ट्रिय समाचार समिति (रासस) को ६३औँ वार्षिकोत्सव समारोह भर्खरै यहाँ प्रारम्भ भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीप्लाजामा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा विशेष समारोहमा सुरु भएको हो ।

त्यस्तै, देश तथा विदेशका सञ्चार माध्यमलाई समाचार दिने एक सहयोगी संस्थाका रुपमा विसं २०१८ सालमा स्थापना भएको रासस आज ६३ वर्ष प्रवेश गरेको छ भने उक्त वार्षिकोत्सवका अवसरमा राससले उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कार र उत्कृष्ट सेवाग्राहीलाई सम्मान गर्दैछ ।

सो समारोहमा सञ्चार मन्त्री शर्माले राससले प्रकाशन गरेको ‘रासस अनुभव र अनुभूति’ पुस्तक लोकार्पण गर्ने कार्यक्रम रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण रेग्मी, मन्त्रालयका उच्च पदस्थ अधिकारी, रासस सञ्चालक समिति सदस्यलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?