Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

रियल रोकिँदा जिरोनालाई आशा


मड्रिड। ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले छिमेकी रायो भायोकानोसँग अङ्क गुमाएको छ । यसले उपाधि होडमा जिरोना र बार्सिलोनालाई केही आशा दिएको छ ।

उक्त खेलको तेस्रो मिनेटमा नै रियलले अग्रता बनाएको थियो, तर राउल डे टोमासले २७ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै भायोकानोलाई खेलमा फर्काए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियो । खेलको इन्जुरी समयमा ड्यानी कार्भाहालले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य बनेका थिए ।

२५ खेलबाट रियलको ६२ अङ्क रहेको छ भने दोस्रो स्थानमा रहेको जिरोनाले एक खेल कम खेल्दै ५६ अङ्क बटुलेको छ । त्यस्तै, २५ खेलबाट बार्सिलोनाको ५४ अङ्क रहेको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?