Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रजातन्त्र दिवसको समारोहमा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामेरा डाउन


काठमाडौं। प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा समाचार संकलन गर्न गएका पत्रिकाहरूलाई सैनिक मञ्च टुँडिखेल प्रवेशमा रोक लगाइएको छ । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको पास देखाउँदा समेत सैनिकहरूले गेटमै रोकेका हुन् ।

उक्त विभागको पासका आधारमा प्रवेश नदिइने र समाचार संकलनका लागि विशेष प्रवेश पास लिनुपर्ने भन्दै प्रवेशमा रोक लगाइएको त्यहाँ उपस्थित पत्रकारहरूले बताएका छन् । त्यस्तै, भित्र पस्न नपाएपछि उनीहरूले गेटमै क्यामेरा डाउन गरेर विरोध जनाएका छन् भने यसअघि सूचना विभागको पास देखाएर प्रवेश गर्दै आएका पत्रकारहरूलाई यसपालि विशेष पास देखाउन भन्दै सैनिकहरूले गेटमै रोकेका हुन् ।

अहिले सैनिक मञ्च टुँडिखेलमा ७४ औं प्रजातन्त्र दिवस समारोह भइरहेको छ । सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रीहरू र उच्च पदस्थ अधिकारी उपस्थित रहेका छन् छन् ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?