Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

जनताका आवाज मुखरित गराउन सभामुख घिमिरेको आग्रह


काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कानुन निर्माण, संसदीय गतिविधि र जनताको आवाज मुखरित गराउन राससले प्रभावकारी उपस्थिति देखाउने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, राससको ६३औँ वार्षिकोत्सवको शुभकामना दिँदै उनले राससले पछिल्ला केही वर्षदेखि मल्टिमिडियालाई आत्मसात् गर्दै प्रविधिमैत्री समाचार एजेन्सीका रुपमा विकास गरेकोे कारण विद्युतीय सञ्चार संस्था र अनलाइन समाचार माध्यमका लागि रासस पहिलो रोजाइको एजेन्सी बन्न सफल भएको उल्लेख गर्नुरेका छन् भने आगामी दिनमा आफ्ना उत्पादनलाई प्रतिस्पर्धी बनाउँदै अग्रणी समाचार एजेन्सीका रुपमा उभ्याउन उनले शुभकामना समेत दिएका छन् ।

सभामुख घिमिरेले जनताको सर्वोच्च सार्वभौम संस्था सङ्घीय संसद्को समाचार सम्प्रेषणमा राससले दिएको योगदानको उच्च कदर गर्न गर्दै संसदीय अभ्यास सुरु भएपछि नै राससले संसदीय रिपोर्टिङमा समेत अब्बल सावित गरेको स्मरण गरेका छन् ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?