Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सहज र आधुनिक माध्यमबाट सूचना प्रदान गर्न प्रधानमन्त्री दाहालको आग्रह


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गरेका छन् ।

राससको ६३औं वार्षिकोत्सवका उपलक्ष्यमा शुभकामना दिँदै प्रधानमन्त्रीले सूचना–प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा नभएकाले राससले आफ्नो अस्तित्व अलगरूपमा कायम गर्न सकोस् भनी शुभकामना दिएका छन् ।

“आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग हो । पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकास यति तीव्रतामा भएको छ कि सिङ्गो विश्वले यसलाई चौंथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गरिसकेको छ ।’’, सन्देशमा भनिएको छ, “सूचना प्रविधिको तीव्र र दूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई प्रभावित गरिरहेको छ ।

त्यस्तै, २१ औं शताब्दीको आजको दुनियाँमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य विषयसमेत बनिसकेको छ भने विश्वमा सूचना र प्रविधिको दूत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा हामीले पनि हाम्रा सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्छ ।’’

उक्त सन्देशमा प्रधानमन्त्रीले राससले आफ्नो स्थापनादेखि नै नेपाली र अंग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्बिरहरू उपलब्ध गराउँदै आएको र पछिल्लो समय श्रव्यदृश्य सेवा प्रभावकारी तुल्याएकामा आभार प्रकट गर्दै राससको संस्थागत हित र विकासका पक्षमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र अभिभावकत्व रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?