Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छ: अध्यक्ष नेपाल


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको राष्ट्रियता अखण्डता, सार्वभौमसत्ता र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनका साथै देशमा निरङ्कुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि जीवनको बलिदान गरेका सहिदको त्याग, निष्ठा र आदर्शलाई पूरा गर्नुपर्ने उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले मुलुकमा आर्थिक तथा सामाजिक रूपान्तरणका माध्यमबाट सबै जनतालाई सुखी र समृद्ध बनाउनुपर्नेमा जोड समेत दिए । उनले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धि कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले समाजमा विधमान वर्गीय शोषण, सबै प्रकारका विभेदको अन्त्य गरी जनताको आर्थिक रूपान्तरण गर्न संवैधानिक व्यवस्थाअनुसार सबै जनप्रतिनिधिमूलक संस्था तथा राज्यका सबै अङ्गले लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

लोकतन्त्रको विशेषताका रूपमा रहेको न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र स्थापना गर्न खाँचो औँल्याउँदै समाजवादको कार्यभार पूरा गर्न पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक रहेको बताए ।

 


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?