Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

राष्ट्रिय समाचार समितिको वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न


काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) को ६३औँ वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसर पारेर वर्षेनि विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठानद्वारा आज यहाँ आयोजित प्रतियोगितामा ओमप्रकाश बोहोरा नेतृत्वको टोली प्रथम भएको छन्। त्यस्तै, प्रथम हुने टोलीमा शशिधर अधिकारी र सन्तोष अरङ्गह्वा थारु रहेका छन् ।

उक्त प्रतियोगितामा भीष्मराज ओझा नेतृत्वको टोली दोस्रो भएको थियो । सो टोलीमा कालिका खड्का र अशोक घिमिरे सहभागी रहेका थिए। उक्त प्रतियोगितामा विजयी टोलीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार प्रदान गरे ।

सो वार्षिकोत्सवको अवसर पारेर अतिरिक्त क्रियाकलापअन्तर्गत प्रतिभा प्रस्फुटन, हाँडी फुटाउने, म्युजिक चेयर, स्वास्थ्यसम्बन्धी अन्तक्रिया लगायत कार्यक्रम गरिएको थियो ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?