Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

राष्ट्रिय समाचार समितिको वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न


काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) को ६३औँ वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसर पारेर वर्षेनि विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठानद्वारा आज यहाँ आयोजित प्रतियोगितामा ओमप्रकाश बोहोरा नेतृत्वको टोली प्रथम भएको छन्। त्यस्तै, प्रथम हुने टोलीमा शशिधर अधिकारी र सन्तोष अरङ्गह्वा थारु रहेका छन् ।

उक्त प्रतियोगितामा भीष्मराज ओझा नेतृत्वको टोली दोस्रो भएको थियो । सो टोलीमा कालिका खड्का र अशोक घिमिरे सहभागी रहेका थिए। उक्त प्रतियोगितामा विजयी टोलीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार प्रदान गरे ।

सो वार्षिकोत्सवको अवसर पारेर अतिरिक्त क्रियाकलापअन्तर्गत प्रतिभा प्रस्फुटन, हाँडी फुटाउने, म्युजिक चेयर, स्वास्थ्यसम्बन्धी अन्तक्रिया लगायत कार्यक्रम गरिएको थियो ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?