Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मेडिकल चस्मामा लगाइएको भ्याट खारेजीको माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं। मेडिकल चस्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सृजना अधिकारी र चार्टर्ड एकाउन्टेन्ट शैलेन्द्र उप्रेतीले रिट दायर गरेका हुन् ।

संविधानले नै आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क भनेकामा सोही वर्गमा पर्ने आँखासम्बन्धी समस्याको उपचारमा प्रयोग हुने मेडिकल चस्मामा भ्याट लगाउने निर्णयले मौलिक हक र मानवीय मूल्य मान्यताको ठाडो उल्लंघन हुने रिट निवेदकको दाबी छ । प्रारम्भिक सुनुवाइका लागि मंगलबार पेशी तोकिएको छ । आर्थिक ऐन २०८० को दफा ३१ ले आँखाको विकलाङ्गता वा समस्या भएका व्यक्तिहरूलाई अत्यावश्यक मेडिकल चस्मामा घुमाउरो तरिकाले भ्याट लगाइएको रिटमा उल्लेख गरिएको छ ।

त्यसैगरी, नेत्र ज्योतिको समस्या हुने व्यक्तिलाई दृष्टिमा सहजता पुर्‍याउनका लागि चस्माले असिस्टिभ टेक्नोलोजीका रूपमा काम गर्ने गरेको अवस्था रहेको छ । कुनै व्यक्तिलाई जीवनको कुनै पनि अवस्थामा चस्माको आवश्यकता पर्न सक्ने अवस्था हुन्छ । त्यसर्थ, चिकित्सकको सल्लाहबमोजिम तोकिएको चस्माको प्रयोग गर्नु अति आवश्यक हो, विलासिताको वस्तु होइन ।

चस्माको प्रयोगले प्रयोगकर्ताको समग्र जीवनयापनमा सहजता ल्याई प्रभावकारी रूपमा कार्य गर्न सहजता ल्याउँछ ’, रिटमा भनिएको छ ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?