Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मेडिकल चस्मामा लगाइएको भ्याट खारेजीको माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं। मेडिकल चस्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सृजना अधिकारी र चार्टर्ड एकाउन्टेन्ट शैलेन्द्र उप्रेतीले रिट दायर गरेका हुन् ।

संविधानले नै आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क भनेकामा सोही वर्गमा पर्ने आँखासम्बन्धी समस्याको उपचारमा प्रयोग हुने मेडिकल चस्मामा भ्याट लगाउने निर्णयले मौलिक हक र मानवीय मूल्य मान्यताको ठाडो उल्लंघन हुने रिट निवेदकको दाबी छ । प्रारम्भिक सुनुवाइका लागि मंगलबार पेशी तोकिएको छ । आर्थिक ऐन २०८० को दफा ३१ ले आँखाको विकलाङ्गता वा समस्या भएका व्यक्तिहरूलाई अत्यावश्यक मेडिकल चस्मामा घुमाउरो तरिकाले भ्याट लगाइएको रिटमा उल्लेख गरिएको छ ।

त्यसैगरी, नेत्र ज्योतिको समस्या हुने व्यक्तिलाई दृष्टिमा सहजता पुर्‍याउनका लागि चस्माले असिस्टिभ टेक्नोलोजीका रूपमा काम गर्ने गरेको अवस्था रहेको छ । कुनै व्यक्तिलाई जीवनको कुनै पनि अवस्थामा चस्माको आवश्यकता पर्न सक्ने अवस्था हुन्छ । त्यसर्थ, चिकित्सकको सल्लाहबमोजिम तोकिएको चस्माको प्रयोग गर्नु अति आवश्यक हो, विलासिताको वस्तु होइन ।

चस्माको प्रयोगले प्रयोगकर्ताको समग्र जीवनयापनमा सहजता ल्याई प्रभावकारी रूपमा कार्य गर्न सहजता ल्याउँछ ’, रिटमा भनिएको छ ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?