Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

बसिरको अर्धशतकको मदतमा नेपाल ‘ए’ले क्यानडालाई दियो २१७ रनको लक्ष्य


काठमाडौं। क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टीमले २१७ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ टीमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

नेपालका लागी बसिर अहमदले अर्धशतक गरे । उनी ५० रनमा अविजित रहे । रसिद खान ४०, मायन यादव ३५, सन्दीप जोरा १४, किरण ठगुन्ना २५, विवेक यादव २१, कप्तान विनोद भण्डारी ५, प्रतिश जिसी ४, र अर्जुन कुमाल ४ रन बनाएर आउट भए ।

त्यस्तै, शाहव आलम २ रनमा अविजित रहे । उक्त बलिङमा क्यानडाका कप्तान साद बिन जफरले सर्वाधिक ३ विकेट लिए भने डिलोन हेलिगरले १, इश्वरजोत सोहि २, हर्ष ठाकरले १ र सहिद अहमदजाईले १ विकेट लिए ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?