Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

बसिरको अर्धशतकको मदतमा नेपाल ‘ए’ले क्यानडालाई दियो २१७ रनको लक्ष्य


काठमाडौं। क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टीमले २१७ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ टीमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

नेपालका लागी बसिर अहमदले अर्धशतक गरे । उनी ५० रनमा अविजित रहे । रसिद खान ४०, मायन यादव ३५, सन्दीप जोरा १४, किरण ठगुन्ना २५, विवेक यादव २१, कप्तान विनोद भण्डारी ५, प्रतिश जिसी ४, र अर्जुन कुमाल ४ रन बनाएर आउट भए ।

त्यस्तै, शाहव आलम २ रनमा अविजित रहे । उक्त बलिङमा क्यानडाका कप्तान साद बिन जफरले सर्वाधिक ३ विकेट लिए भने डिलोन हेलिगरले १, इश्वरजोत सोहि २, हर्ष ठाकरले १ र सहिद अहमदजाईले १ विकेट लिए ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?