Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

प्रधानमन्त्रीलाई सांसद साहको प्रश्न- धर्मनिरपेक्षता हिन्दूहरूको समूल नष्ट गर्न ल्याइएको हो ?


काठमाडौं। नेकपा एमालेका सांसद किरण कुमार साहले मधेशमा हिन्दू अल्पमतका रहेका ठाउँमा धार्मिक गतिविधिमै अवरोध सिर्जना भइरहेको भन्दै रौतहटमा लगाइएको कर्फ्युबारे ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा रौतहट-२ बाट निर्वाचित सांसद साहले इशनाथ नगरपालिकामा मन्दिर विसर्जनका क्रममा भएको अवरोध र कर्फ्युबारे सोधका थिए । उनको प्रश्न थियो,‘के धर्मनिरपेक्षता हिन्दुहरूको समूल नष्ट गर्नका लागि ल्याइएको हो रु मेरो निर्वाचन क्षेत्रमा हिजोदेखि कर्फ्यु छ । प्रधानमन्त्रीले यसबारे जवाफ दिनुपर्छ ।’

उक्त जवाफमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सांसद साहको प्रश्न प्रश्नोत्तरको नियमविपरीत आए पनि उनले उठाएको हिन्दूराज्यको विषयलाई आफूले गम्भीर रूपमा लिने जवाफ दिएका छन् । त्यस्तै, सांसद साहले प्रतिनिधि सभा सदस्यको शपथग्रहण संस्कृत भाषामा गरेका थिए । उनी मुस्लिम बाहुल्य क्षेत्रबाट कांग्रेसका हाल जेलमा रहेका नेता अफताव आलमलाई छोरालाई पराजित गरेर निर्वाचित भएका हुन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?