Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

विवादका कारण लामो समयदेखि अलपत्र पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने


राँझा,बाँके। विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिएका छन् ।

उनका अनुसार नेपालगञ्जको सुर्खेतरोडबाट टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर लामो र आठ मिटर चौडा पासाङल्हामु मार्ग नगरस्तरीय रु ७५ लाख बजे कालोपत्र हुने भएको हो । पासाङल्हामु मार्ग आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिए । विगतमा सडक विस्तारका क्रममा अतिक्रमित संरचना स्थानीयले नभत्काएका कारण सडक निर्माण अलपत्र परेको थियो भने अहिले स्थानीयले सडक विस्तारका लागि संरचना आफैँ भत्काएपछि सडक निर्माण सुरु भएको श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी, लामो समयदेखि अलपत्र सडक निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । जीर्ण अवस्थामा भएको सडक निर्माण भएपछि सो मार्गमा व्यावसायिक चहलपहलसमेत बढ्ने स्थानीय दमनकुमार श्रेष्ठले बताए । उक्त सडक निर्माणको योजनालाई समयमै सम्पन्न गर्न प्राथमिकताका साथ कार्यान्वयन सुरु भएको नगरप्रमुख विष्टले जानकारी दिएका छन्।

“समयमै गुणस्तरीयरूपमा पूर्वाधार विकासका योजना सम्पन्न गर्न धमाधम काम सुरु भएको छ”, नगरप्रमुख विष्टले भने, “योजना कार्यान्वयनको सुरुआतसँगै अनुगमनलाई पनि प्राथमिकता दिइएको छ ।”


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?