Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

फ्रेन्च लिग-१ फुटबलमा पीएसजीको जित


काठमाडौं। फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी विजयी भएको छ । शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

त्यस्तै, पीएसजीको जितमा हर्नान्डेज र एम्बाप्पेले एक गोल गोल गरेका थिए । लुकास हर्नान्डेजले ६०औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए भने ७८ औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पीएसजी २-० को सहज जित निकाल्न सफल भयो । उक्त जितपछि शीर्ष स्थानको पीएसजीले ५३ अंक बनाएको छ । पराजित भएको नान्टेस २२ अंकका साथ १३ औँ स्थानमा रहेको छ ।

त्यस्तै, पीएसजीले दोस्रो स्थानमा रहको नाइसलाई १४ अंकले पछि पारेको छ । फ्रेन्च लिगकै अर्को खेलमा लिलेले लीहाभ्रेलाई ३-० गोल अन्तरले पराजित गर्न सफल भयो । लिलेको जितमा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए । उनले १४, ४४औँ  र ४९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

सो जितसँगै लिले ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने लि हाभ्रे २४ अंकका साथ १२ औँ स्थानमा रहेको छ ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?