Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

फ्रेन्च लिग-१ फुटबलमा पीएसजीको जित


काठमाडौं। फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी विजयी भएको छ । शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

त्यस्तै, पीएसजीको जितमा हर्नान्डेज र एम्बाप्पेले एक गोल गोल गरेका थिए । लुकास हर्नान्डेजले ६०औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए भने ७८ औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पीएसजी २-० को सहज जित निकाल्न सफल भयो । उक्त जितपछि शीर्ष स्थानको पीएसजीले ५३ अंक बनाएको छ । पराजित भएको नान्टेस २२ अंकका साथ १३ औँ स्थानमा रहेको छ ।

त्यस्तै, पीएसजीले दोस्रो स्थानमा रहको नाइसलाई १४ अंकले पछि पारेको छ । फ्रेन्च लिगकै अर्को खेलमा लिलेले लीहाभ्रेलाई ३-० गोल अन्तरले पराजित गर्न सफल भयो । लिलेको जितमा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए । उनले १४, ४४औँ  र ४९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

सो जितसँगै लिले ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने लि हाभ्रे २४ अंकका साथ १२ औँ स्थानमा रहेको छ ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?