२ चैत्र, काठमाडाैँ । विश्वकप लिग २ अन्तर्गत नेपाल र युएईबीचको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ । अहिलेसम्म ६ ओभर सकिँदा नेपालले युएईको पहिलो विकेट लिएको छ।
नेपालका लागि ललित राजवंशीले तेश्रो ओभरको पाँचाै बलमा ओपनर आर्यन लाक्रालाई ६ रनमा आउट गरेका हुन् ।
टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको युएईले ताजा अवस्थामा ६ ओभरमा ४७ रन बनाएको छ ।
प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार