Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

६४ वर्षपछि नेपालमै टिकट छाप्न सुरु


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताउनुभएको छ । हुलाक सेवा विभागले प्रकाशन गरेको हुलाक टिकटमा टाँचा प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऐतिहासिक व्यक्तिहरुको योगदानकै कारण आजको राजनीतिक परिवर्तन संभव भएकाले उनीहरुको सम्मान आवश्यक रहेको बताउनुभयो ।

सरकारले यो वर्ष सहिदहरु कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्विर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको छ । हुलाक टिकटमा मुखाकृत ऐतिहासिक व्यक्तित्वहरुको योगानको चर्चा गर्दै मन्त्री शर्माले आजको पुस्तालाई अग्रजहरुले गरेको त्याग बलिदान र वीरताका गाथा अनुभूत गराउनुपर्ने बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनको विजारोण गर्दै दुर्गम क्षेत्रमा पुगेको बेला विसं २०१० सालमा जुम्लामा गिरफ्तार गरी हत्या गरिएका कामी बुढालाई २०७४ सालमा मात्रै राज्यले सहिद घोषणा गरेको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले देश र जनताका लागि योगदान गर्नेहरुको इतिहासले कुनै न बेला सम्झन्छ भन्ने यो महत्वपूर्ण दृष्टान्त भएको बताउनुुभयो । ‘आज हामीले गरेको संघर्षको परिणाम आजै चाहिन्छ भन्छौं तर देश र जनताका लागि राम्रो काम गर्नेहरुको सम्झना दशकौं पछि पनि इतिहासले गर्ने गर्दछ’– उहाँले भन्नुभयो– ‘हामी जो जुन क्षेत्रमा छौं, इमान्दारितापूर्वक देश र जनताका लागि योगदान गर्नुपर्छ भन्ने आदर्श र निष्ठा अग्रज पुस्ताबाट सिक्नुपर्छ ।’

आजको परिवर्तन हजारौंको रगत, पसिना र आँसुको योगफल भएको उल्लेख गर्दै उहाँले कतिपयले नयाँ पुस्तामा आजको परिवर्तन केही पनि होइन वा यो आफै प्राप्त भएजस्तो गरी सन्देश प्रवाह गर्ने गरेकाले पनि नयाँ पुस्तालाई अग्रजहरुको योगदानको कथा सही रुपमा सुनाउनु र बुझाउनु आवश्यक रहेको बताउनुभयो ।

मन्त्रालयले हुलाक टिकटमार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वहरुको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलन तथा सामाजिक रुपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा संभव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्रीहरु दिनानाथ शर्मा र रामकुमारी झाँक्री, सहिद रामवृक्ष यादवका छोरी एवं मधेश सरकारका पर्यटन मन्त्री सुनिता यादव, सहिद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतले बोल्नुभएको थियो ।

६४ वर्षपछि नेपालमै टिकट छाप्न सुरु
यसैबीच सरकारले ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु गरेको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो । विसं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि भने विभिन्न देशमा छाप्ने गरिएको थियो । यो वर्षदेखि जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ सुरु गरेको छ । यसबाट सस्तो मूल्यमा टिकट छाप्न सकिने भएकाले राज्य कोषको वचत हुन जाने सरकारको विश्वास छ ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?