Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

फिरङ्गी नेतृत्वका कारण विकास हुन सकेनः प्रभु साह


रौतहट। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले फिरङ्गी नेतृत्वका कारण रौतहटको विकास हुन नसकेको बताएका छन् । शुक्रबार गृह जिल्ला रौतहटको गौरमा आम जनता पार्टीले आयोजना गरेको कार्यक्रममा उनले हरेक आन्दोलनमा रौतहटको भूमिका नेतृत्वदायी रहेको भएपनि विकासको दृष्टिकोणले पनि निकै पछि परेको बताएका छन् । यसको प्रमुख कारण भनेर बाहिरको नेतृत्व नै भएको उनको भनाइ रहेको छ ।

‘रौतहटले राणाकालविरुद्धको आन्दोलनमा ठुलो योगदान गर्यो । सामन्तवाद विरोधी आन्दोलन होस् या लोकतन्त्रका लागि भएका आन्दोलन तथा जनयुद्ध र मधेस आन्दोलन सबैमा योगदान गर्‍यो, तर पनि जिल्लाको विकास भएन’, उनले भने, ‘जिल्ला मानव विकासको सूचकांकमा पछाडि छ । यसको एउटै कारण भनेको बाहिरिया नेतृत्व भनौँ या फिरङ्गी नेतृत्व हो । फिरङ्गी गी नेतृत्वको को कारण रौतहटको विकास भएन ।’

त्यस्तै, दलका नेताहरूको लुटकारी प्रवृत्तिका कारण देशका जनता हिनबोधले निराशामा फसेको उनले जिकिर गरे । उनले सफल देशको इतिहास भएको राष्ट्रका नागरिक अहिले दलहरूकै कारण निराशामा रहेको पनि जिकिर गरे । त्यस्तै भन्सार भन्सार कानुनको लुटकारी प्रावधान हटाउनुपर्नेमा जोड दिए । त्यसकै लागि दबाब दिन पार्टीले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै साहले यो व्यवस्थाको खारेज हुनै पर्ने बताएका छन् ।

त्यस्तै उनले हत्यारा बचाउन सरकार छोड्छु भन्नेहरूले मधेसको विकासका लागि किन बोलेन भन्दै प्रश्न पनि गरे । यसैबिच भन्सार छली नियन्त्रणको नाममा भइरहेको छिनछोर एवं लुट रोक्न सङ्घर्ष गर्ने प्रतिबद्धताका साथ गौर नगरस्तरीय भेलाबाट रामसेवक ठाकुरको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

 


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?