Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

फिरङ्गी नेतृत्वका कारण विकास हुन सकेनः प्रभु साह


रौतहट। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले फिरङ्गी नेतृत्वका कारण रौतहटको विकास हुन नसकेको बताएका छन् । शुक्रबार गृह जिल्ला रौतहटको गौरमा आम जनता पार्टीले आयोजना गरेको कार्यक्रममा उनले हरेक आन्दोलनमा रौतहटको भूमिका नेतृत्वदायी रहेको भएपनि विकासको दृष्टिकोणले पनि निकै पछि परेको बताएका छन् । यसको प्रमुख कारण भनेर बाहिरको नेतृत्व नै भएको उनको भनाइ रहेको छ ।

‘रौतहटले राणाकालविरुद्धको आन्दोलनमा ठुलो योगदान गर्यो । सामन्तवाद विरोधी आन्दोलन होस् या लोकतन्त्रका लागि भएका आन्दोलन तथा जनयुद्ध र मधेस आन्दोलन सबैमा योगदान गर्‍यो, तर पनि जिल्लाको विकास भएन’, उनले भने, ‘जिल्ला मानव विकासको सूचकांकमा पछाडि छ । यसको एउटै कारण भनेको बाहिरिया नेतृत्व भनौँ या फिरङ्गी नेतृत्व हो । फिरङ्गी गी नेतृत्वको को कारण रौतहटको विकास भएन ।’

त्यस्तै, दलका नेताहरूको लुटकारी प्रवृत्तिका कारण देशका जनता हिनबोधले निराशामा फसेको उनले जिकिर गरे । उनले सफल देशको इतिहास भएको राष्ट्रका नागरिक अहिले दलहरूकै कारण निराशामा रहेको पनि जिकिर गरे । त्यस्तै भन्सार भन्सार कानुनको लुटकारी प्रावधान हटाउनुपर्नेमा जोड दिए । त्यसकै लागि दबाब दिन पार्टीले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै साहले यो व्यवस्थाको खारेज हुनै पर्ने बताएका छन् ।

त्यस्तै उनले हत्यारा बचाउन सरकार छोड्छु भन्नेहरूले मधेसको विकासका लागि किन बोलेन भन्दै प्रश्न पनि गरे । यसैबिच भन्सार छली नियन्त्रणको नाममा भइरहेको छिनछोर एवं लुट रोक्न सङ्घर्ष गर्ने प्रतिबद्धताका साथ गौर नगरस्तरीय भेलाबाट रामसेवक ठाकुरको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

 


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?