Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

संस्कृति पुस्तान्तरण गर्न सांस्कृतिक महोत्सव


फिक्कल,इलाम। आदिवासी याक्थुङरलिम्बू समुदायको सांस्कृतिक सहित विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गराउने उद्देश्यले इलाम सदरमुकाममा आदिवासी याक्थुङरलिम्बू सांस्कृतिक महोत्सव हुने भएको छ ।

किरात याक्थुङ चुम्लुङको आयोजनामा यही फागुन २४ र २५ गते हुने महोत्सवका लागि चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी तयारी सुरु गरिएको छ । त्यसैगरी, वर्तमान युवापुस्ता आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा संस्कृति प्रवर्द्धनका निम्ति महोत्सव गर्न लागिएको मूल आयोजक समितिकी संयोजक सोङ्मीले बताएका छन् ।

“भाषा, संस्कृति र साहित्यले सम्पन्न आदिवासी याक्थुङरलिम्बु समुदायको परम्परागत र मौलिक संस्कृतिको संरक्षण गर्दै युवा पुस्तामा पुस्तान्तरण गर्न महोत्सव आयोजना गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “महोत्सवमा आदिवासी याक्थुङ र लिम्बू समुदायको संस्कृति झल्कने प्रस्तुतिहरु रहेनछन् ।”

उक्त महोत्सवमा सांस्कृतिक झाँकीसहित याक्थुङरलिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धाननाच (याःलाङ), पालाम, हाक्पारेलगायत प्रस्तुतिसहित सांस्कृतिक पोसाकको प्रदर्शनी पनि रहने संयोजक सोङ्मीले जानकारी दिए । उनका अनुसार इलाम बजारमा हुने महोत्सवमा याक्थुङ/लिम्बू जातिको बाहुल्य रहेको अरुण पूर्वका नौ जिल्ला, उपत्यकाका तीन र चितवन गरी १३ जिल्लाका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ ।

सो महोत्सवमा दुई सय च्याब्रुङको प्रदर्शनी रहने महोत्सव प्रचारप्रसार उपसमितिका सहसंयोजक अतित योङहाङले बताएका छन् । च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकारहरु बताउँछन् । च्याब्रङ नाच विभिन्न जनावर र पशुपन्छीको अभिनय गर्दै नाच्ने गरिन्छ । यो नाचमा परिवेश अनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ ।

त्यस्तै, याक्थुङरलिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाचलाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाहरुले प्रयास गर्दै आएका छन् भने यसको संरक्षण र प्रवर्द्धनका लागि राज्यले लगानी गरी तदारुकता देखाउनुपर्ने उनीहरुको माग रहेको छ ।

पश्चिमा संस्कृतिले आदिवासी जनजातिका मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना हुँदै गएपछि लिम्बू समुदायका युवायुवातीहरु संस्कृति संरक्षणमा जागरुक बन्न थालेको लिम्बू किरात याक्थुङ चुम्लुङका सङ्घीय सचिव चक्र येक्तेन अभिषेकले बताएका छन् । त्यस्तै, राज्यले लगानी नगर्दा समुदाय स्तरको प्रयासले मात्र ठोस उपलब्धि हासिल गर्न नसकिएको उनको भनाइ रहेको थियो ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?