Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

पार्टी बैठकमा प्रस्तुत तीनवटै प्रतिवेदनले आशा सिर्जना गर्न सकेनः प्रदीप पौडेल


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी बैठकमा प्रस्तुत तीन प्रतिवेदनले आशा सिर्जना गर्न नसकेको टिप्पणी गरेका छन् । शुक्रबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता पौडेलले प्रतिवेदनमा समस्या आएको तर समाधानका लागि ठोस प्रस्ताव नभएको बताएका हुन् ।

तपाईँहरूले समस्या सबै ल्याउनुभएको छ । समस्या बुझेको देखिन्छ । केही समाधानका बारेमा गगन जीले समेट्नु भएको छ । तर, पूर्ण हुन सकेन । कुनैपनि दस्ताबेजमा समाधान गर्ने गरी आएनन्,’ पार्टी बैठकमा पौडेलले भने ।

त्यस्तै, निराशामा रहेको पार्टी कार्यकर्तालाई भरोसा दिने गरी प्रतिवेदन नआएको पौडेलको तर्क थियो । कांग्रेसमै रहने कि पार्टी छोड्ने भनेर महासमितिको बैठकको प्रतीक्षा गरेकालाई कांग्रेसमा रहने गरी आशा सञ्चार गर्न प्रतिवेदनले नसकेको पौडेलको निर्क्योल थियो । सुशासन शब्दले प्रतिवेदनमा एकदमै धेरै ठाउँ पाए पनि सुशासन ल्याउने विधिबारे प्रतिवेदन मौन रहेको पौडेलले सुनाए ।

‘सो दस्ताबेजमा शब्द मात्रै राखेर सुशासन आउँछ त ? सुशासन ल्याउने प्रक्रिया के हो ?’ प्रतिवेदन प्रस्तुतकर्ताहरुलाई पौडेलको प्रश्न थियो,‘सुशासन मन्त्रालय बनाउने हो कि ? अख्तियारलाई निष्पक्ष बनाउने हो कि ? लागू गर्ने कार्य योजना के हो ?’

भ्रष्टाचार अन्त्य गर्छु गर्ने कागजमा देखाएर नहुने उनको तर्क छ । सरकारमा बसेको दलले बोलेर मात्रै नहुने र व्यवहारमा देखिनुपर्ने मत पौडेलले राखे । संघीयता बोझिलो भएको भनिरहँदा प्रशासनिक खर्च कटौती बारे दस्ताबेजमा कुनै विषय उल्लेख नभएको पार्टी बैठकमा पौडेलले विचार राखे ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?