Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

हप्तामै तलब दिने नीति बनाऔँः कल्याण गुरुङ


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महिनापिच्छे तलब दिने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताएका छन् । सो व्यवस्थालाई परिमार्जन गरी हप्तैपिच्छे दिने नीति बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताएका हुन्।

‘महिनामा तलब दिने व्यवस्थालाई परिवर्तन गरेर हप्तामा दिने व्यवस्थाको कानुन बनाउन कांग्रेसले पहल गर्नुपर्छ,’ उनले भने। उनले पदाधिकारी तथा केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने व्यवस्था हटाउन माग समेत गरेका छन्।

उनले १५ औँ महाधिवेशनबाट लागू हुने गरी कांग्रेसका सबै तहका सभापति, पदाधिकारीहरू राज्यको कुनै पनि कार्यकारी पदमा जान नपाउने वैधानिक व्यवस्था गर्न पनि माग गरेका छन् भने कोशी प्रदेशको नाम परिवर्तन गरेर बहुपहिचानका आधारमा कोशी-किरात प्रदेश वा कोशी-किरात-सगरमाथा प्रदेश राख्नुपर्ने बताएका छन्।

उनले समावेशी सिद्धान्तअनुसार महामन्त्री थप गरिनुपर्ने बताए। गुरुङले तीन वटा प्रस्तावमाथि केन्द्रित रहेर १७ बुँदे धारणा केन्द्रीय समितिमा राखेका थिए।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?