Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

हप्तामै तलब दिने नीति बनाऔँः कल्याण गुरुङ


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महिनापिच्छे तलब दिने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताएका छन् । सो व्यवस्थालाई परिमार्जन गरी हप्तैपिच्छे दिने नीति बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताएका हुन्।

‘महिनामा तलब दिने व्यवस्थालाई परिवर्तन गरेर हप्तामा दिने व्यवस्थाको कानुन बनाउन कांग्रेसले पहल गर्नुपर्छ,’ उनले भने। उनले पदाधिकारी तथा केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने व्यवस्था हटाउन माग समेत गरेका छन्।

उनले १५ औँ महाधिवेशनबाट लागू हुने गरी कांग्रेसका सबै तहका सभापति, पदाधिकारीहरू राज्यको कुनै पनि कार्यकारी पदमा जान नपाउने वैधानिक व्यवस्था गर्न पनि माग गरेका छन् भने कोशी प्रदेशको नाम परिवर्तन गरेर बहुपहिचानका आधारमा कोशी-किरात प्रदेश वा कोशी-किरात-सगरमाथा प्रदेश राख्नुपर्ने बताएका छन्।

उनले समावेशी सिद्धान्तअनुसार महामन्त्री थप गरिनुपर्ने बताए। गुरुङले तीन वटा प्रस्तावमाथि केन्द्रित रहेर १७ बुँदे धारणा केन्द्रीय समितिमा राखेका थिए।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?