Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेपाल मलेशियासँग पराजित, एसिया कपमा छनोट हुन असफल


काठमाडौं। नेपाल एसीसी महिला टी-२० प्रियिमर कपको सेमिफाइनलमा मलेशियासँग पराजित भएको छ । यससँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ।

शुक्रबार मलेशियामा भएको सेमिफाइनल खेलमा घरेलु टोलीले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपालले दिएको ११६ रनको लक्ष्य मलेशियाले १९.५ ओभरमा पूरा गरेको हो।

त्यस्तै, मलेशियाका लागि इल्शा हन्टरले अर्धशतक प्रहार गरिन् । उनले ५३ बलमा ६ चौकाको मद्दतले ६९ रन बनाइन्। त्यस्तै, महिरा इस्माइले १६, मास इलिसाले १३ र वान जुलियाले ११ रन बनाइन्। नेपालका लागि कविता जोशी र रुविना क्षेत्रीले दुई-दुई तथा कविता कुँवर र रुविना क्षेत्रीले एक-एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो भने नेपालका लागि इन्दु बर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुविना क्षेत्रीले २०, सीता राना मगरले ६ र कविता जोशीले दुई रन बनाए।

मलेशियाका लागि महिरा इस्माईले दुई र विनफ्रिड दुरइसिंगमले एक विकेट लिए। उक्त जितसँगै मलेसिया फाइनलको पुगेको छ । उपाधिका लागि आइतबार मलेसिया र यूएईबीच प्रतिस्पर्धा हुनेछ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?