Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

नेपाल मलेशियासँग पराजित, एसिया कपमा छनोट हुन असफल


काठमाडौं। नेपाल एसीसी महिला टी-२० प्रियिमर कपको सेमिफाइनलमा मलेशियासँग पराजित भएको छ । यससँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ।

शुक्रबार मलेशियामा भएको सेमिफाइनल खेलमा घरेलु टोलीले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपालले दिएको ११६ रनको लक्ष्य मलेशियाले १९.५ ओभरमा पूरा गरेको हो।

त्यस्तै, मलेशियाका लागि इल्शा हन्टरले अर्धशतक प्रहार गरिन् । उनले ५३ बलमा ६ चौकाको मद्दतले ६९ रन बनाइन्। त्यस्तै, महिरा इस्माइले १६, मास इलिसाले १३ र वान जुलियाले ११ रन बनाइन्। नेपालका लागि कविता जोशी र रुविना क्षेत्रीले दुई-दुई तथा कविता कुँवर र रुविना क्षेत्रीले एक-एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो भने नेपालका लागि इन्दु बर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुविना क्षेत्रीले २०, सीता राना मगरले ६ र कविता जोशीले दुई रन बनाए।

मलेशियाका लागि महिरा इस्माईले दुई र विनफ्रिड दुरइसिंगमले एक विकेट लिए। उक्त जितसँगै मलेसिया फाइनलको पुगेको छ । उपाधिका लागि आइतबार मलेसिया र यूएईबीच प्रतिस्पर्धा हुनेछ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?