Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

छ महिनामा साढे चार करोड माछाका भुरा वितरण


हेटौँडा।  बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चा.लु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ ।

उक्त केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र बागमती प्रदेशको काभ्रेपलाञ्चोक, ललितपुर, चितवन, मकवानपुर र धादिङका ३० हजारभन्दा बढी किसानलाई सुपथ मूल्यमा भुराहरु उपलब्ध गराएको केन्द्रका सूचना अधिकारी बलराम आचार्यले जानकारी दिएका छन् ।

सो केन्द्रमा हाल ४२ वटा पोखरीमध्ये ३३ वटामा माछापालन भइरहेको केन्द्रका प्रमुख सरोजकुमार यादवले बताएका छन् । सो अवधिमा केन्द्रबाट भूराबाहेक हाल १८ मेट्रिक टन माछा उत्पादनको लक्ष्य लिइएको छ भने हालसम्म तीन मेट्रिक टन माछा बिक्री वितरण भइसकेको छ ।

विसं २०२४ मा हेटौडा–५ पिप्लेमा वृहत्त मत्स्य विकास केन्द्रको स्थापना भइ २०२५ सालदेखि माछापालन सुरु गरिएको थियो भने सो केन्द्र हेटौँडा बजारबाट पाँच किलोमिटर पूर्वमा पर्छ । हाल केन्द्रमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?