Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

रुसले क्यान्सरको भ्याक्सिन छिटै सार्वजनिक गर्ने


काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । सो परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई रहेको छ ।

सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि उपलब्ध गराइने समेत बताए । उनले सो खोपले कुन विशेष प्रकारको क्यान्सर विरुद्ध काम गर्छ वा सबैमा काम गर्छ भन्ने स्पष्ट गरेनन् । त्यस्तै, क्यान्सरको प्रभावकारी उपचार विगत केही दशकदेखि विश्वभर खोजी भइरहेको छ भने अहिले जर्मनीको कम्पनी बायोटेक, अमेरिकी कम्पनी मोडर्ना र मर्कले क्यान्सर भ्याक्सिनमा काम गरिरहेका छन् ।

त्यसैगरी, अमेरिकी राष्ट्रपति चुनावको सन्दर्भमा पुटिनले भने कि उनी डोनाल्ड ट्रम्पको सट्टा जो बाइडेनलाई फेरि राष्ट्रपति बनेको हेर्न चाहेको समेत बताएका छन् । उनले रुसको दृष्टिकोणबाट बाइडेन सत्तामा हुनु फाइदाजनक रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?