Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रुसले क्यान्सरको भ्याक्सिन छिटै सार्वजनिक गर्ने


काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । सो परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई रहेको छ ।

सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि उपलब्ध गराइने समेत बताए । उनले सो खोपले कुन विशेष प्रकारको क्यान्सर विरुद्ध काम गर्छ वा सबैमा काम गर्छ भन्ने स्पष्ट गरेनन् । त्यस्तै, क्यान्सरको प्रभावकारी उपचार विगत केही दशकदेखि विश्वभर खोजी भइरहेको छ भने अहिले जर्मनीको कम्पनी बायोटेक, अमेरिकी कम्पनी मोडर्ना र मर्कले क्यान्सर भ्याक्सिनमा काम गरिरहेका छन् ।

त्यसैगरी, अमेरिकी राष्ट्रपति चुनावको सन्दर्भमा पुटिनले भने कि उनी डोनाल्ड ट्रम्पको सट्टा जो बाइडेनलाई फेरि राष्ट्रपति बनेको हेर्न चाहेको समेत बताएका छन् । उनले रुसको दृष्टिकोणबाट बाइडेन सत्तामा हुनु फाइदाजनक रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?