Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या


दाङ । घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगर दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले तीन राउण्ड गोली प्रहार गरेका हुन् ।

उपचारका लागि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

करिब साढे ७ बजेतिर श्रीमतीलाई गोली हानी भागेका यमबहादुरलाई करिब साढे ८ बजेतिर लमहीबाट प्रहरीले नियन्त्रणमा लिएको छ। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?