Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

तीन फाइनान्स कम्पनी र तीन विकास बैंक राष्ट्र बैंकको कारबाहीमा


राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक ,सप्तकोशी विकास बैंकर र नारायणी डेभलपमेन्ट बैंकलाइ त्यसैगरी प्रोग्रेसिभ फाइनान्स,गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले सप्तकोशी विकास बैंक सञ्चालक समिति र सीईओलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । संस्थाको स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल समाप्त भएपछि पनि स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समिति बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएकाले सचेत गराइएको बैंकले जनाएको छ । सप्तकोशीका सीईओले कोर बैंकिङ सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै मुक्तिनाथ विकास बैंक सञ्चालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ । मुक्तिनाथले व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम अन्य उद्देश्यमा खर्च गरेको पाइएको र उक्त रकम पछि फिर्ता गरेकाले सचेत गराइएको राष्ट्र बैंकले जना

त्यस्तै नारायणी डेभलपमेन्ट बैंकले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा १२ हजार ८ सय ४६ रुपैयाँ जरिवाना गराइएको राष्ट्र बैंकले जनाएको छ । बैंकले साउन र भदौमा सीडी रेसियो ९० प्रतिशत बढी गराएकाले थप २ लाख ४२ हजार जरिवाना गरिएको छ । त्यसैगरी राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्स,गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।


प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?