Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अमेरिकामा रेलमा ग्याङ फाइट हुँदा चल्यो गोली, एक जनाको मृत्यु


अमेरिका। अमेरिकाको न्यूयोर्कमा सबवे रेलमा किशोरहरूको दुई समूहबीच झडप भएपछि ग्याङ फाइटको क्रममा एक किशोरले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार पहिलो गोली रेलभित्रै चलेको थियो। उक्त गोली रेलको डिब्बामा लागेको थियो।

सोमबार न्यूयोर्कको ब्रन्क्समा सबवे रेलभित्रै किशोरहरूको दुई समूहबीच झडप भएपछि एक किशोरले गोली चलाउँदा एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार माउन्ड एडेन एभेन्यू स्टेशनमा रेल रोकिएपछि बाहिर निस्किएर ती किशोरले अन्धाधुन्ध गोली चलाएका थिए।

मृतक ३४ वर्षीय एक पुरूषलाई स्टेशनमा गोली लागेको थियो। स्टेशनमा रहेका अन्य पाँच जना व्यक्तिलाई गोली लागेपछि तत्काल अस्पताल लगिएको थियो। अहिले उनीहरू खतरामुक्त रहेको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ।

गोली चलाउने किशोर भने फरार छन्। उनको मोस्ट वान्टेड सूचीमा राखेर प्रहरीले खोजी गरिरहेको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ।


प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?