Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अमेरिकामा रेलमा ग्याङ फाइट हुँदा चल्यो गोली, एक जनाको मृत्यु


अमेरिका। अमेरिकाको न्यूयोर्कमा सबवे रेलमा किशोरहरूको दुई समूहबीच झडप भएपछि ग्याङ फाइटको क्रममा एक किशोरले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार पहिलो गोली रेलभित्रै चलेको थियो। उक्त गोली रेलको डिब्बामा लागेको थियो।

सोमबार न्यूयोर्कको ब्रन्क्समा सबवे रेलभित्रै किशोरहरूको दुई समूहबीच झडप भएपछि एक किशोरले गोली चलाउँदा एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार माउन्ड एडेन एभेन्यू स्टेशनमा रेल रोकिएपछि बाहिर निस्किएर ती किशोरले अन्धाधुन्ध गोली चलाएका थिए।

मृतक ३४ वर्षीय एक पुरूषलाई स्टेशनमा गोली लागेको थियो। स्टेशनमा रहेका अन्य पाँच जना व्यक्तिलाई गोली लागेपछि तत्काल अस्पताल लगिएको थियो। अहिले उनीहरू खतरामुक्त रहेको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ।

गोली चलाउने किशोर भने फरार छन्। उनको मोस्ट वान्टेड सूचीमा राखेर प्रहरीले खोजी गरिरहेको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ।


प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?