काठमाडाैं । कांग्रेस महासमिति बैठका लागि बनेकाे भोजन व्यवस्थापन उपसमिति बिस्तार भएकाे छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने कांग्रेस महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्यउदय शम्शेर राणाको संयोजकत्वमा गठित “भोजन व्यवस्थापन उपसमिति” मा ६ सदस्य थपिएका हुन् ।
१. मेखलाल श्रेष्ठ, उपसभापति—नेपाली कांग्रेस, गण्डकी प्रदेश ।
२. सुदर्शन घिमिरे, उपसभापति—नेपाली कांग्रेस, ललितपुर ।
३. प्रगतिमान रञ्जित, काठमाडौं ।
४. निशान ढुंगेल, नगर सभापति— सूर्यविनाक नगर कार्यसमिति एवं पूर्व सचिव नेपाली कांग्रेस, भक्तपुर ।
५. ऋषिदेव फुयाल, सहसचिव— नेपाली कांग्रेस, ललितपुर ।
६. सम्झना भट्टराई, काठमाडौं ।
प्रकाशित मिति: २९ माघ २०८०, सोमबार