Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

गिनिज बुकमा नाम लेखाउने बाटाेमा विश्वका सबै देशको झण्डा चिन्ने ६ वर्षीय विश्वास !


काठमाडौं । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झण्डा र ती देशमा रहेका टापुहरु चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो ।

उनकी आमा कल्पना थापाले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैं ती देशहरुको झण्डा र टापुहरु चिनेको बताईन् । अब आफूहरुको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरुप ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको उनले बताईन् ।

‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा लेखाउने नै हो । सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं,’– उनले भनिन् ।

विश्वास जोरपाटीस्थित एक स्कुलमा युकेजीमा पढ्छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झण्डाहरु देखाइएको थियो । उनले ती झण्डाहरु सहजै चिनेका थिए ।विश्वासकी आमा कल्पनाले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि सहयोग गरिदिन अपिल गरिन् ।


प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?