Trending
>>   सभापति थापाको टिप्पणीः विद्यालय शिक्षा विधेयक शिक्षक विधेयक जस्तै भयो >>   शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पुर्याउनुपर्ने टड्कारो चुनौति छः सभापति देउवा >>   रक्षा मन्त्रालयमा मानवीर राईको एक वर्षः ७ सुरुङमध्ये एकमा ब्रेक थ्रु, ८९ पुलमध्ये ५ वटा… >>   सरकारका गुण र दोषको जिम्मेवारी काँग्रेस—एमाले दुवैले लिनुपर्छः नेता सिटौला >>   लुटपाट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ >>   जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा >>   संस्कृति समाजको प्राण होः मन्त्री पाण्डे >>   संसद भवन निर्माण ढिलाईः कार्ययोजनासहित छलफलमा आउन संसदीय समितिले गर्यो शहरी विकास मन्त्रालयलाई पत्राचार >>   नेपाल कानून आयोगको सुझावः कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो >>   मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य होः मन्त्री गुरुङ
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार

गिनिज बुकमा नाम लेखाउने बाटाेमा विश्वका सबै देशको झण्डा चिन्ने ६ वर्षीय विश्वास !


काठमाडौं । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झण्डा र ती देशमा रहेका टापुहरु चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो ।

उनकी आमा कल्पना थापाले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैं ती देशहरुको झण्डा र टापुहरु चिनेको बताईन् । अब आफूहरुको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरुप ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको उनले बताईन् ।

‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा लेखाउने नै हो । सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं,’– उनले भनिन् ।

विश्वास जोरपाटीस्थित एक स्कुलमा युकेजीमा पढ्छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झण्डाहरु देखाइएको थियो । उनले ती झण्डाहरु सहजै चिनेका थिए ।विश्वासकी आमा कल्पनाले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि सहयोग गरिदिन अपिल गरिन् ।


प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?