Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


काठमाडौं । काठमाडौं बौद्धस्थित शेर्पा पार्टी प्यालेसमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बौद्ध, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी एवम् गोकर्णेश्वर नगरपालिका-६ समेतको संयुक्त सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसालाई निर्मुल पार्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यस्ता कार्यक्रमबाट समाजमा हुने गरेका विभिन्न किसिमका हिंसा न्यूनिकरणमा टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सामुदायिक सेवा केन्द्र जोरपाटीका अध्यक्ष एवम् गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी कानूनी सल्लाहकार राधिका खतिवडा र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सचेतनामूलक नाटक एवम् गीति नाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?