Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान


काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको छ । समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित कार्यक्रमा शनिबार विभिन्न १७ जना व्यक्ति तथा एउटा संस्थालाई १५ हजार राशिसहित प्रमाणपत्रद्वारा सम्मान तथा पुरस्कृत गरिएको हो ।

साहित्यकार तथा मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा आयोजित कार्यक्रमा प्रा.डा.घनश्याम न्यौपाने ‘परिश्रमी’, गान्धीराज काफ्ले, सुनील अधिकारी, तिलकप्रसाद लुइँटेल, राजन सिलवाल, अम्बिकादेवी भण्डारी, गिरिराज डल्लाकोटी, देवीप्रसाद शर्मा पन्थी, चन्द्रप्रसाद न्यौपाने, विनोद दाहाल ‘वत्स’, बाजुराम पौडेल, दुर्गा अधिकारी भमरकोटे, देवराज उपाध्याय, ममता मृदुल, मदनप्रसाद नेपाल तथा बाल प्रतिभा चक्षु भट्टराईका साथ नेपाल वेद विद्याश्रम मावि गौशालालाई पुरस्कृत गरिएको थियो ।

साहित्यकार तथा पूर्वप्रशासक गोपीनाथ मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम उहाँद्वारा पानसमा दीप प्रज्ज्वलन गरी तथा बटुकहरूबाट स्वस्ति वाचन गरेर सुरु गरिएको थियो । प्रा.डा.अर्जुनदेव भट्टद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रमको सञ्चालन साहित्यकार भैरवी भूगोलले गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्वहरूबारे साहित्यकार तथा मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष हरिभक्त सिग्देल ‘महेश’ले प्रकाश पार्नुभएको थियो । यसैगरी प्रा.डा.घनश्याम न्यौपाने, गान्धीराज काफ्ले, नवराज घिमिरे, दुर्गा अधिकारी भमरकोटे, देवेन्द्र अधिकारी, सन्यर्शिका अधिकारी, चक्षु भट्टराई, युवराज मैनाली, सुशीला शर्मा धमला, बाजुराम पौडेल, विजयध्वज थापा, निर्मलरमण पराजुली लगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य दिनुका साथै आ–आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेले सुसेलीको प्रवर्तनका लागि समाजलाई ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा आजीवन सदस्य रत्नराज्य भण्डारी, ज्ञानु पण्डित र भैरवी भूगोल, साधारण सदस्य महेशप्रसाद रिजाल, शशिभक्त सिग्देल र सुशीला शर्मा भण्डारी तथा पुरस्कारको थप संस्थापकहरू ज्ञानु पण्डित, योगेश्वरलाल श्रेष्ठ तथा मनोरञ्जनरमण शर्मालाई प्रमाणपत्र दिइएको थियो । प्रमुख अतिथि मैनालीले मानवले सिर्जना गरेका आविष्कारले मानिसलाई विस्थापित गर्ला कि भन्ने भय भइरहेको वर्तमान समयमा साहित्य पनि यसरी नै भयग्रस्त अवस्थामा छ भन्नुभयो ।

उहाँले साहित्यका सबै विधाले भावाभिव्यक्ति गर्छन् भन्नुहुँदै मुक्तिनाथ दर्शन साहित्य समाजले सबै विधालाई समेटेर यसरी विभिन्न व्यक्तिहरूलाई पुरस्कृत गरेकोमा समाजको प्रशंसा गर्नुभएको थियो । वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, साहित्यकार प्रयागराज वाशिष्ठलगायत साहित्यकारहरूको ठूलो उपस्थिति रहेको उक्त कार्यक्रममा साहित्यकार विष्णुप्रसाद पन्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा सभापति कलानिधि दाहालले सभापतिको मन्तव्य राख्नुभएको थियो ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?