Trending
>>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा >>   कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता… >>   गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान… >>   महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी >>   सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा >>   बारको चेतावनीः दुई तिहाईको सरकारले संविधानवाद र कानूनको शासन चिर्न थाले बारल पोजिसन लिन्छ >>   सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु >>   नयाँ सरकारलाई सहकारी पीडितको खबरदारी ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’ (तस्बिरसहित) >>   जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

स्वयँसेवी सँस्था अप्टिमिष्ट इन्टरनेशनल नेपाल डिस्ट्रिक्टको सप्ताहब्यापि कार्यक्रम सम्पन्न


काठमाडाैं । अप्टिमिष्ट इन्टरनेशनल स्वयँसेवी सँस्था सन १९१९ मा स्थापना भएको सँस्थाको अमेरिकामा मुख्यालय रहेको छ । बिश्वभर करिब एक लाख सदस्य रहेको सँस्थाले बालबालिकाको क्षेत्रमा काम गर्छ । प्रत्येक फेब्रुअरि महिनाको पहिलो बिहिबार लाई आफ्नो अन्तर्राष्ट्रिय दिवस मनाउने गर्दछ । ५६ स्थानिय क्लबहरु रहेको नेपालले यो हप्ता बिभिन्न कार्यक्रमहरु गरि मनायो ।

कार्यक्रमका मुख्य सँयोजक रहेका , सँस्थाका लेफ्टिनेन्ट गभर्नर ऋषिश्वर थपलियाको अनुसार पहिलो दिन प्रभात फेरिबाट सुरु गरि मानसिक स्वास्थ्य सँबन्धि कार्यक्रम, मौलिक पोषणयुक्त खानाको बारेमा जानकारि , आधारभुत कानुन बारे जानकारि , ख्यातिप्राप्त ब्यक्तित्वहरुसँग बालबच्चाको अन्तर्कृया , फुटसल प्रतियोगिता , गरिब बिध्यार्थीहरुलाई न्यानो कपडा बितरण, अनाथ बालबालिकालाई खाद्यान्न,कपडा, कापिकलम बितरण, बिश्वका ख्यातिप्राप्त ब्यक्तित्वहरुको जिवनी पुस्तक बितरण कार्यक्रम गर्दै अन्तिममा पारिवारिक मिलन बनभोज कार्यक्रम गरि समापन गरेको छ ।

बिक्रम सँबत २०७४ बाट नेपालमा सुरु भएको क्लब २०७६ बाट डिस्ट्रिक्ट सुरु भएको थियो । प्रत्येक बर्ष नया कार्यसमिति छानिने सँस्थाको नियम अनुसार तेस्रो कार्यकालमा प्रकाश घिमिरे चितवन गभर्नर, प्रपात बहादुर थापा ललितपुर महासचिव , निशान्त आचार्य दाङ कोषाध्यक्ष हुनुहुन्छ। अप्रिल २७ २८ मा एसिया प्यासिफिक क्षेत्रमा रहेका सबै क्लबहरुको सम्मेलन काठमाणाडौमा हुन गईरहेको छ । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय अध्यक्ष लगायत पदाधिकारीहरु आउनुहुनेछ ।

नेपाल डिस्ट्रिक्टको माध्यमबाट नेपालका बिध्यार्थीहरुले अन्तर्राष्ट्रिय बिध्यार्थीहरुसँग निबन्ध लेखन प्रतियोगिता , बक्तृत्वकला प्रतियोगिता , सुन्न बोल्न नसक्ने बच्चाहरुले आफ्नो भावना सांकेतिक भाषा मार्फत राख्ने प्रतियोगितामा भाग लिई बिभिन्न स्थान हासिल गरि २२५०० डलरको राशि गत बर्ष प्राप्त गरिसकेका छन् ।प्राध्यापक, शिक्षक , बिध्यालय सँचालक , बैँकर, पर्यटन ब्यबसायी लगायत बिभिन्न ब्यबसायिक ब्यक्तिहरु सम्मिलित उक्त सँस्थाले निकट भबिष्यमा बिध्यालयहरुमा सकारात्मक शिक्षा , पत्रकारहरुको सहकार्यमा सकारात्मक पत्रकारिता सन्चालन गर्ने योजना छ ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?