Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सुशासन कायम गर्न सरकारको पहल जारी छः उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनबिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताएका छन् ।
अध्यागमन विभागद्वारा आज यहाँ आयोजित ‘ई–भिसा, कार्यालय स्वचालन र अनलाइन भुक्तानीको शुभारम्भ’ कार्यक्रममा उनले सरकार सुशासन सहितको सुधारका लागि प्रयासरत रहेको बताएका हुन् ।
उनले अध्यागमन विभाग र यससँग सम्बन्धित सबै कार्यालयमा स्वचालित प्रणाली आवश्यक भएको बताउँदै प्रविधि तथा सेवाग्राहीमैत्री अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
 “जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउनु पनि सुशासनको अनिवार्य शर्त हो । त्यसैका आधारमा अहिले हामी काम अघि बढाइरहेका छौँ”, उनले भने, “अध्यागमनका सन्दर्भमा अहिले नै यो गुणात्मक फड्को हो । केही समयभित्र अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गर्छौं ।”
उक्त कार्यक्रममा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले अध्यागमन सुधारबारे जानकारी गराउँदै भविष्यमा ‘ग्लोबल पेमेन्ट’ को तयारी गरिरहेको बताएका छन्।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?