Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पार्टीलाई समृद्ध बनाउन संगठन विस्तार गरेर मात्र पुग्दैनः प्रदीप पौडेल


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सांसद प्रदीप पौडेलले पार्टीलाई समृद्ध बनाउनका लागि संगठन विस्तार गरेर मात्र नपुग्ने बताएका छन् ।
नेपाली कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै सांसद पौडेलले पार्टीलाई समृद्ध बनाउन संगठन, सदस्यतासँगै सन्देश पनि सकारात्मक दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘काठमाडौं जिल्लामा वडा, पालिका र संघीय संसदमा पनि अरु पार्टीभन्दा नेपाली कांग्रेस अगाडि छ, तर संगठन विस्तारले मात्रै पार्टीलाई समृद्ध बनाउन नसँकिदो रहेछ । संगठन सदस्यतासँगै सन्देश पनि सकारात्मक दिन सक्नुपर्ने रहेछ । उक्त पार्टी नेतृत्वले के गर्छ, त्यही आधारमा काठमाडौं महानगरपालिकाका सदस्यहरुले मानसिकता बनाउँदा रहेछन् । हाम्रो पार्टीले के विषयमा के दृष्टिकोण प्रस्तुत गर्यो त्यही आधारमा यहाँका नागरिकहरुले मानसिकता बनाउँदा रहेछन् । ’

संसदमा बसेर नेपाली कांग्रेसले गरेका कामको आधारमा जनताले मानसिकता बनाउने भन्दै पौडेलले काठमाडौंमा पार्टीको दायरा बढाएर काम गर्नुपर्ने बताए । नेपाली कांग्रेसले राख्ने विषयवस्तु समेत आम जनताले रुचाउने खालको हुनुपर्ने पौडेलको भनाई रहेको थियो ।

उनले भने, ‘नेपाली कांग्रेसले नेपालकाने आर्थिक स्थिति सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ । अथतन्त्रसँग जुध्न कांग्रेसको विकल्प कसैले पनि दिन आर्थिक नीति ल्याउन सकेका छैनन् । ’ २०४८ सालको तुलनामा भौतिक विकास बढी भएपनि यहि अन्त्य नभएको नेता पौडेलको भनाइ रहेको थियो ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?