Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

पार्टीलाई समृद्ध बनाउन संगठन विस्तार गरेर मात्र पुग्दैनः प्रदीप पौडेल


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सांसद प्रदीप पौडेलले पार्टीलाई समृद्ध बनाउनका लागि संगठन विस्तार गरेर मात्र नपुग्ने बताएका छन् ।
नेपाली कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै सांसद पौडेलले पार्टीलाई समृद्ध बनाउन संगठन, सदस्यतासँगै सन्देश पनि सकारात्मक दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘काठमाडौं जिल्लामा वडा, पालिका र संघीय संसदमा पनि अरु पार्टीभन्दा नेपाली कांग्रेस अगाडि छ, तर संगठन विस्तारले मात्रै पार्टीलाई समृद्ध बनाउन नसँकिदो रहेछ । संगठन सदस्यतासँगै सन्देश पनि सकारात्मक दिन सक्नुपर्ने रहेछ । उक्त पार्टी नेतृत्वले के गर्छ, त्यही आधारमा काठमाडौं महानगरपालिकाका सदस्यहरुले मानसिकता बनाउँदा रहेछन् । हाम्रो पार्टीले के विषयमा के दृष्टिकोण प्रस्तुत गर्यो त्यही आधारमा यहाँका नागरिकहरुले मानसिकता बनाउँदा रहेछन् । ’

संसदमा बसेर नेपाली कांग्रेसले गरेका कामको आधारमा जनताले मानसिकता बनाउने भन्दै पौडेलले काठमाडौंमा पार्टीको दायरा बढाएर काम गर्नुपर्ने बताए । नेपाली कांग्रेसले राख्ने विषयवस्तु समेत आम जनताले रुचाउने खालको हुनुपर्ने पौडेलको भनाई रहेको थियो ।

उनले भने, ‘नेपाली कांग्रेसले नेपालकाने आर्थिक स्थिति सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ । अथतन्त्रसँग जुध्न कांग्रेसको विकल्प कसैले पनि दिन आर्थिक नीति ल्याउन सकेका छैनन् । ’ २०४८ सालको तुलनामा भौतिक विकास बढी भएपनि यहि अन्त्य नभएको नेता पौडेलको भनाइ रहेको थियो ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?