Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

‘अफ्रिकन स्वाइन फिभर’बाट तीस बङ्गुर मरे


तनहुँ।  ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणबाट जिल्लामा एक महिना नबित्दै ३० वटा बङ्गुर मरेका छन् । यसै महिनाको १ गतेदेखि हालसम्म उक्त परिमाणका बङ्गुर मरेकामा व्यास नगरपालिकामा सबैभन्दा बढी छन् ।

उक्त नगरपालिकामा उन्नाइस, म्याग्देमा आठ, भीमादमा दुई र ऋषिङ गाउँपालिकामा एक वटा बङ्गुर मरेका हुन् । उक्त सङ्क्रमणका कारण बङगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन् भने उक्त  जिल्लाका दस पालिकामध्ये चार पालिकमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण फैलिएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए।

महामारीको रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको उनको भनाइ रहेको थियोे । बाह्य मानिसलाई फार्ममा जान नदिन र बङ्गुर तथा सुङ्गुर ओसारपसार कार्य नगर्न सुझाब दिइएको छ”, प्राविधिक ठकुरीले भने, सुँगुर  तथा बङ्गुरबाट सुङ्गुर तथा बङ्गुरमै यो रोग सजिलै सर्छ तर मानिसमा सर्दैन ।”

सो संस्था दर्ता गरी व्यावसायिकरूपले काम गर्दै आएका किसानलाई महामारीले सताएपछि पडित किसानलाई पुनःस्थापना कार्यक्रमअन्र्तगत प्रति बङ्गुर रु चार हजारका दरले सहयोग गरिने सो कार्यालयले जनाएको छ । उक्त केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान थालेको छ ।

त्यस्तै, पीडित किसानका फार्ममा पुगेर सतर्कता अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख डा. राजेशकुमार चौधरीले बताए। सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रवाह समेत गरिँदै आएको उनको भनाइ रहेको थियो । उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले  सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन लगाइएको छ । उक्त रोगका कारण बङ्गुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखा पर्छन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?