Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी


चितवन। राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने लक्ष्य लिइएको छ ।

कृषि तथा पशु विकासमन्त्री डा. वदुराम भुषालले उक्त प्रदर्शनी शुभारम्भ गर्दै विगतमा देशको सम्बृद्धिका लागि कृषिमा जुन प्रकारको विकास गरिनुपथ्र्यो हुन नसके पनि अहिलेको सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएकाले केही हदसम्म विकास भएको बताएका छन् । बजारमा माग भएका खेतीमा ध्यान दिन आग्रह गर्दै उनले चिया पनि सोही खेतीअन्तर्गत पर्छ भने ।

चितवनमा पहिलोपटक आयोजना गरिएको प्रदर्शनीले चिया सेवनको विधि, चिया संस्कृतिको विकास र नेपाली चियाको आन्तरिक बजार प्रवद्र्धन हुने उद्देश्य लिइएको छ भने सो बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउनाका साथै यसका फाइदाबारे जानकारी दिने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो ।

‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ चियाको प्रदर्शनी गरिएको छ भने सो प्रदर्शनीमा चिया उत्पादन हुने मुख्य जिल्ला झापा, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, ललितपुर, कास्कीदेखि पश्चिमसम्म उत्पादित चिया रहेको उनले जानकारी दिए ।

नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रमा आबद्ध चिया व्यवसायीबाट उत्पादित चियाका ब्राण्डलाई समावेश गरिएको छ भने उक्त प्रदर्शनीमा सयभन्दा बढी चिया व्यवसायीको सहभागिता रहेको छ । त्यस्तै, चिया प्रदर्शनी कार्यक्रमले आगामी दिनमा नेपाली चियाको आन्तरिक बजार विस्तार गर्दै स्वदेशी चियामा उपभोक्ता अझ बढी आकर्षित हुने विश्वास लिइएको छ ।

उक्त प्रदर्शनीमा सहआयोजकमा उद्योग वाणिज्य सङ्घ चितवन, होटल व्यवसायी सङ्घ चितवन, चियासँग सम्बन्धित विभिन्न सङ्घसंस्था छन् भने प्रवद्र्धकमा भरतपुर महानगरपालिका रहेको छ ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?