Trending
>>   आज मिति २०८२ साल जेठ २० गते मंगलबार,हेर्नूहोस् आजको राशिफल >>   देशको शीर उँचो हुनेगरी खेल्नुस् : खेलकुदमन्त्री चौधरी >>   प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याएको छुः अर्थमन्त्री पौडेल >>   विकास विरोधी कानूनहरु संशोधन नगरेसम्म बजेट कार्यान्वयन हुँदैनः जनार्दन शर्मा >>   शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुखः शिक्षामन्त्री पन्त >>   गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्दैनः रास्वपा >>   सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्ष बिहीन >>   शिर्ष तीन दलको बैठकः गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी >>   राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन >>   हाम्रो समस्या नै लोकप्रियतावाद भयो, यसले भविष्यमा अत्यन्तै अलोकप्रिय बनाउँछः पूर्वअर्थमन्त्री महत
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

१४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय


१ चैत, काठमाडाैँ । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको भारत र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको जापान भ्रमण स्वीकृति गरेको छ । गत फागुन १९ गतेको मन्त्रिपरिषद् बैठकले फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लन्डनमा आयोजना भएको ‘हेल्दी सिटी समिट’ विषय कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको भ्रमण स्वीकृत गरेको छ ।

बैठकले यही चैत ८ देखि १० सम्म न्यूयोर्कमा आयोजना हुने उच्चस्तरीय वाटर कन्फरेन्स, २०२३ को भ्रमणमा सहभागी हुन सचिव गोपालप्रसाद सिग्देललाई स्वीकृति दिएको छ । नेपाल र श्रीलङ्का सरकारबीच विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरेको छ ।

नागढुङ्गा–नौबिसे–मुग्लिन सडक विस्तारका लागि सडक सीमाभित्रका एक सय २१ र नारायणघाट–मुग्लिन सडकमा पुल निर्माण गर्न सडकको रेखाङ्कनभित्र परेका २६ वटा घरटहरा भोगचलन गर्ने व्यक्तिलाई क्षतिपूर्ति दिई घरटहरा हटाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

बैठकले कृषकले उत्पादन गरेको कच्चा दूधको उत्पादनस्थल (फार्म) वा सङ्कलन केन्द्रस्तरमा प्रतियुनिट फ्याट सात रुपैयाँ १५ पैसा, प्रतियुनिट एसएनएफ चार रुपैयाँ ५५ पैसाको दरले प्रतिलिटर दूधको न्यूनतम खरिद मूल्य रु ६५ निर्धारण गरेको छ । बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई तोकेको छ ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?