Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सुशील कोइराला स्मृति दिवसमा दौड प्रतियोगिता


मोरङ। पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा यहाँ महिला तथा पुरुषको खुला दौड प्रतियोगिता आयोजना गरिएको छ ।आज बिहान विराटनगरको महेन्द्र (जनआन्दोलन) चोकदेखि बगरगाछीसम्म चार किलोमिटरको दौड प्रतियोगिता भएको हो ।

उक्त प्रतियोगितामा महिलातर्फ अंशु मण्डल, तुलसा खतिवडा र रोशनी साह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने पुरुषतर्फ अमर यादव, याङ्देव राई र सुनिल मेहता क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

त्यस्तै, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विजयीलाई नगदसहित प्रमाणपत्र वितरण गर्दै खेलकुदका लागि आवश्यकपर्ने पूर्वाधार, प्रशिक्षण एवं सामग्री उपलब्ध गराउन नगरले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले खेलकुदका माध्यमबाट नगर, प्रदेश र मुलुकको नाम विश्वमा राख्न खेलाडीले निरन्तर अभ्यास गर्नुपर्नेमा जोड दिए ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले र कार्यक्रम संयोजक प्रकाश दाहालले खेलकुदका माध्यमबाट आजका युवालाई अनुशासित बनाई मुलुकको विकासमा लाग्न योग्य बनाउनुपर्ने धारणा राखे । आज भएको प्रतियोगितामा महिला र पुरुष गरी ३३ जनाको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?