Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर


लुम्बिनी। नेपाल प्रहरी श्रीमती सङ्घले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

उक्त जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी सेवा प्रदान गरिइएको थियो ।

प्रहरी कर्मचारीले आफ्नो पेसागत कामकै कारण स्वास्थ्य संस्थामा जान नसक्दा कतिपयको गम्भीर स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने अवथालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको र स्वास्थ्य प्रहरीबाट जीवन्त प्रहरी सेवाको सुनिश्चितता हुने सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले बताएका छन् ।

उक्त कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्य शिविरले प्रहरीलाई आफ्नो शारीरिक र मानसिक अवस्थाको पुनरावलोकन गर्न सहज हुने बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बिकले कार्यस्थलमै सञ्चालन हुने स्वास्थ्य शिविरले स्वास्थ्यलाई कायम राख्न तथा सुधार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस्ता शिविर आवश्यक भएको बताएका थिए ।

त्यसैगरी, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा प्रहरीका विभिन्न तहका गरी करिब तीन सय पाँच जनाले सेवा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।

सो स्वास्थ्य शिविरअघि नेपाल प्रहरी श्रीमती सङ्घले रुपन्देहीको कोटिहवामा रहेको अविनाश अनाथ आश्रममा खाद्यान्न एवं ‘स्टेसनरी ’सामग्रीसमेत वितरण गरेको थियो ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?