Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

को को परे त्रिविको उपकुलपतिका लागि सर्टलिस्टमा?


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखस्त दिएकामध्ये १४ जनाको मात्रै सर्ट लिस्टमा परेको छ । समितिले सर्ट लिस्टमा समावेश गरेका १४ जना मध्यवाट नै त्रिविको नयाँ उपकुलपति नियुक्त हुनेछ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्ट लिस्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो । जसअनुसार चित्रबहादुर बुढाथोकी ,कुसुम शाक्य , केशर जङ्ग बराल, गोविन्द सुवेदी, ज्ञानेन्द्र पौड्याल ,टंकनाथ धमला,तीर्थराज खनियाँ , नारायण प्रसाद बेलबासे , प्रकाश घिमिरे, भोजराज अर्याल , महेन्द्र प्रसाद शर्मा , रामचन्द्र बस्नेत , शिवलाल भुसाल र सूर्यबहादुर थापा रहेका छन् । हाल शिक्षाध्यक्ष शिवलाल भुसाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेका छन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?