Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

विप्लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको माओवादी समाजवादीबीच एकता


१ चैत, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी बीच पार्टी एकता भएको छ ।

यसबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै विप्लवले एमाले-माओवादीले गरेको संसदीय अभ्यास असफल भएको बताउँदै कम्युनिष्टहरु संगठित हुनुपर्ने विचार व्यक्त गरेका थिए।

‘यो सुखद सुरुवात हो । हामीले यहाँबाट सुरु गरेका छौं । यो नै पूरा होइन । हामीले आज सुरु गरेका छौं। हरेक क्षेत्रमा एउटा संगठन र विघटन आउँछ । नेपालको कम्युनिष्ट आन्दोलन विघटनको उत्कर्षमा पुथ्यो। आजबाट हामीले संगठनको प्रक्रिया सुरु गर्दैछौँ ।’ उनले भने ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?