Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन: राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । मिनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने बताए । “ राजनीतिलाई समाजसेवाको यही बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता हो”, उनले भने ।

उहाँले हिजोका दिनमा राजनीति मूख्य विषय भएको तर अबका दिनहरुमा जनता र समाजको सेवा नै हाम्रो मूख्य लक्ष्य हुनुपर्दछ भन्नेमा विशेष जोड दिनुभयो । “समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई पुरस्कृत र सम्मान गर्दा भावी पुस्तालाई असल काम गर्न उत्प्रेरित गर्नेछ, असल कामका लागि मानिसहरुलाई उत्प्रेरित गर्ने यस्ता कामहरुलाई यस संस्थाले निरन्तरता दिनेछ भन्ने पनि मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।

प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर काम गर्ने विश्वास व्यक्त गर्दै उनले स्वर्गीय मीनकुमारी लगायत उहाँको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गरे । साथै प्रतिष्ठानले मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्र, शिक्षा, स्वास्थ्य तथा खेलकुद लगायतका क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएकोमा खुशी व्यक्त गरे।सो अवसरमा राष्ट्रपति पौडेलले मिनकुमारी प्रजातन्त्र सेनानी सम्मान लोकतन्त्रवादी नेता लेखनाथ न्यौपाने, राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाल र राष्ट्रिय खेलकुद पुरस्कार प्रकाश थापा मगरलाई प्रदान गरेका छन् ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?