Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली


धनकुटा। चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ ।

यसका लागि सो गाउँपालिकाले २४ जना एकल महिलालाई पाँच दिने अचार बनाउने तालिम प्रदान गरेको छ भने​ सहभागीहरूलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिएका छन्।

त्यस्तै, उद्यमी विष्णुमायाँ कन्दङवाले सुकुटी बनाउन सहित मूला, गाजर, काउली, बन्दालगायत तरकारीबाट अचार बनाउन प्रशिक्षण प्रदान गरेकी थिइन् । उक्त गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताएका छन्।

यसका लागि पालिकाले पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घर सञ्चालनमा ल्याउन लागेको उनले जानकारी दिए। ​ पर्यटकीय नगरी धनकुटाको भेडेटारबाट पाँचथरसम्मको एक सय किलो मिटर भेडेटार(रवी(राँके राजमार्ग कालोपत्रका लागि तीव्ररुपमा काम भइरहेको छ।

सो सडक पूरा भएपछि यस क्षेत्रमा आउने पर्यटकको आवागमनलाई लक्षित गरेर कोसेली अचारको कार्यक्रम सुरु गर्न लागिएको अध्यक्ष लिम्बूले जानकारी दिएका छन्।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?