Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

भारत यू-१९ विश्वकप क्रिकेटको फाइनलमा


काठमाडौं। आइसीसी यू-१९ विश्वकप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो । त्यस्तै, दक्षिण अफ्रिकाका ओपनर लुआन ड्रे प्रिटोरियसले सर्वाधिक ७६ रनको पारि खेले । उनले १०२ बल फेस गर्दा ३ छक्का र ६ चौका प्रहार गरेका थिए । त्यसैगरी रिचर्ड सेलेट्सवेनले ६४ रनको पारि खेल्दा १०० बल फेस गरे । उनले पारिमा २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

त्यस्तै, ट्रिस्टन लुइसले नटआउट २३ रन बनाउँदा जुआन जेम्सले २४ रनको पारि खेले । त्यसैगरी ओलिभर ह्वाइटहेडले २२ रन बनाएका थिए ।भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट लिँदा मुशेर खानले २ विकेट हात पारे भने नमन तिवारी र सौम्य पाण्डेले एक एक विकेट लिए । २४५ रनको जवाफी लक्ष्यसहित उत्रिएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाएर जित निकाल्दै फाइनलमा स्थान बनायो ।

भारतलाई जित दिलाउनका लागि कप्तान उदय शरण र सचिन दासको पारि महत्त्वपूर्ण रह्यो । सुरुआत खराब गरेको भारतलाई सचिन दासले ९६ रनको पारि खेल्दै जित नजिक लगेका थिए भने सचिन दास आउट हुँदा भारतले ४२।१ ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

त्यसैगरी कप्तान उदय शरणले ८१ रनको पारि खेल्दै जित दिलाएका थिए । स्कोर बराबर भएका बेला १२४ बल फेस गरेपछि रनआउटको शिकार बने । उनले आफ्नो पारिमा ६ चौका प्रहार गरे । अन्त्यमा राज लिम्बानीले ४ बलमा १३ रनको नटआउट पारि खेलेर जित निकाले । लिम्बानीले १ छक्का र १ चौका प्रहार गरे ।

भारतका अर्सिन कुलकर्नीले १२ रन बनाउँदा अर्भाले अभिनासले १० रन जोडे । दक्षिण अफ्रिकाका लागि क्वेना मफाका र ट्रिस्टन लुइसले तीन तीन विकेट लिए । यू-१९ विश्वकप क्रिकेटमा भारत सर्वाधिक सफल टिम हो । १९८८ बाट सुरु भएको यो प्रतियोगितामा भारतले पहिलो पटक सन् २००० मा उपाधि जितेको थियो । भारतले अहिलेसम्म पाँच पटक उपाधि जिति सकेको छ ।

भारतले २००२ पछि २००८, २०१२, २०१८ र २०२२ मा जितेको जियो । फाइनलमा प्रवेश गरेसँगै भारत यू १९ विश्वकप क्रिकेटको छैटौं उपाधि नजिक पुगेको छ ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?