Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

‘स्वस्थ्य’ र ‘स्वच्छ’ सहर निर्माण गर्न बहुपक्षीय सहभागितामा जोड


काठमाडौँ । काठमाडौँ सहरलाई ‘स्वस्थ्य’ र ‘स्वच्छ’ बनाउन महानगरपालिकाले बहुपक्षीय सहभागितामा जोड दिएको छ । आज वातावरण समितिसँग बसेको वायु गुणस्तर निगरानी एकाइ (एअर क्वालिटी मोनिटरिङ् युनिट) को वैठकले तहगत सरकार, साझेदार, उद्योग, वाणिज्य तथा निजी क्षेत्र र जनसाधारणको सहभागिताबाट नतिजामा जोड दिएको हो । वातावरण विभागका प्रमुखको संयोजकत्वमा एकाइ गठन भएको छ । यसमा स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, सहरी योजना आयोग, महानगर प्रहरी बललगायत विभागका प्रतिनिधिहरु हुनुहुन्छ ।

बैठकमा वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले, पैदल मार्ग निर्माण तथा मर्मत सुधार, पूर्वाधार निर्माण कार्य गर्दा छोपेर गर्ने परिपाटीको विकास, फोहोर बाल्ने काममा रोक लगाएर वायु प्रदुषण मात्रा कम गराउने प्रयास गरिएको बताउनुभयो ।

स्वस्थ्य र स्वस्च्छ सहर निर्माण गर्न हामीले नियमित सफाइबाट जल, थल र वायु प्रदुषण कम गराउने प्रयास गरेका छौँ । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भन्नुभयो, सडकहरुमा ब्रुमर लगाउने, पखाल्ने जस्ता कामलाई नियमित गरेका छौँ ।

बैठकमा वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाका विषयमा छलफल भएको थियो । कार्ययोजना तर्जुमा आधारभूत पक्षका बारेमा विजया राजवैद्य र महानगरपालिका क्षेत्रमा वायु प्रदुषणको अवस्था र असरका बारेमा सिर्जना शाक्यले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँहरु प्रदुषण नियन्त्रणका लागि साझेदार संस्थाकातर्फबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

वायु प्रदुषण नियन्त्रणका लागि काम गर्ने सरोकारवाला थाहा पाउनु, बायुको गुणस्तर थाहा पाउनु, कारण तथा असर थाहा पाउनु र यसबाट प्राप्त तथ्यका आधारमा न्युनीकरणको काम गर्नु कार्ययोजना तर्जुमाको उद्देश्य हो ।

वायु प्रदुषणका स्रोतहरुमा यातायात आवागमन, फोहोरमैला व्यवस्थापन, उद्योगधन्धा, कलकारखाना, घरभित्रका क्रियाकलाप, निर्माण कार्य मुख्य मानिन्छन् । यसका असर बारे तथ्य विश्लेषण गरेर वायु प्रदुषण व्यवस्थापनमा काम गर्न संस्थागत सुदृढीकरणका लागि कार्ययोजनाले सघाउ पु¥याउने छ ।

काठमाडौँ उपत्यकाका लागि ११ वटा रणनीतिक क्षेत्र, १३७ वटा क्रियाकलाप छन् । यी क्रियाकलापमध्ये ७५ वटामा पालिकाको प्रत्यक्ष भूमिका र ३३ वटामा सहयोगी भूमिका छ । यसलाई आधार मानेर महानगरपालिकाले कार्ययोजना बनाउनेछ ।

राजवैद्यकाअनुसार महानगरपालिकाका १२ प्रतिशत घरमा गाडी, ४९ प्रतिशतमा मोटरसाइकल र स्कुटर तथा १३ प्रतिशत घरमा साइकल छ । यसरी हेर्दा हरेक घर घरमा प्रदुषण उत्सर्जन हुने साधन छन् । यसकारण घरघरबाटै सचेतना र सहभागिताका प्रयास गर्नुपर्छ ।

काठमाडौँको वायु प्रदुषण विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा १० गुणा धेरै छ । विश्वमा मानव मृत्युका पहिला ५ कारणमध्ये वायु प्रदुषण एउटा कारण बनेको छ । दुषित हावाले फोक्सोलाई मात्र समस्या गर्दैन । यसमा भएका हानीकारक रसायनले क्यान्सरसहित नसर्ने रोगको जोखिम बढाइरहेका छन् ।

सवारी साधनको समयमा मर्मत नगर्दा, अत्याधिक सवारी साधनको चाप हुँदा, ट्राफिक जाममा बस्दा इन्धन जलिरहँदा नाइट्रोजन अक्साइड, कार्वन मोनोक्साइड, सल्फर डाइअक्साइड, नाइट्रेट सल्फर, एमोनियाँ, धातुको टुक्रा, कार्वन तथा प्लाष्टिकजस्ता तत्व धेरै उत्सर्जन हुन्छन् ।

वायु प्रदुषण पिएम २.५ मा मापन हुन्छ । यो भनेको धुलाका अत्यन्त मसिना कण भन्ने हो । जुन मानव कपालको व्यास भन्दा पनि साना एकाइका हुन्छन् । यस्ता कणले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छन् । विभिन्न समयमा गरिएका अध्ययनले काठमाडौँमा वायु प्रदुषणको मात्रा मापदण्डभन्दा धेरै छ ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?