Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

कांग्रेस नेता भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियानको घोषणा


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ । सोमबार बसेको महाअभियानको बैठकले भण्डारीलाई संयोजक तोकेको हो ।

उक्त अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्वमा गठन भएको भएको थियो भने अहिले पुनर्गठन गरी भण्डारीलाई संयोजक तोकिएको महाअभियानका सदस्य रामचन्द्र तिवारीले जानकारी दिएका छन् । उनका अनुसार कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र नेपाल स्थापनाको एजेन्डा प्रवेश गराएर महाअभियानको निर्णय छ ।

सो महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र नेपाल बनाउन दृढता व्यक्त गर्दै त्यसका लागि यो महाअभियानमा सत्य, निष्ठा र इमानदारिताका साथ निरन्तर क्रियाशील बन्ने विज्ञप्तिमा भनिएको छ ।

९४ प्रतिशतभन्दा बढी जनताको आस्था, विश्वास र भावनालाई उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी आकस्मिक अदूरदर्शी, अविवेकी र अपारदर्शी ढंगले धर्म निरपेक्षताको मतियार बन्ने काम नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूर्ण भएको देखिएकाले त्यसलाई सच्याएर नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्ने संवैधानिक व्यवस्था गर्न नेपाली कांग्रेसले अविलम्ब पहल गर्नुपर्ने अनिवार्य आवश्यकताप्रति पार्टीको गम्भीर ध्यान आकृष्ट गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, ‘२०६२ साल मंसिर ७ गतेको १२ बुँदे सहमति र २०६२र६३ को १९ दिने आन्दोलनको समयमासमेत सनातन हिन्दुराष्ट्रविरुद्ध कुनै माग वा आग्रह प्रकट वा अप्रकटरुपमा भएको थिएन,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, कांग्रेस धर्म निरपेक्षताको मतियार बन्ने काम नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूर्ण भएको देखिएको महाअभियानको निष्कर्ष रहेको छ ।

 


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?