Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

कांग्रेस नेता भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियानको घोषणा


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ । सोमबार बसेको महाअभियानको बैठकले भण्डारीलाई संयोजक तोकेको हो ।

उक्त अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्वमा गठन भएको भएको थियो भने अहिले पुनर्गठन गरी भण्डारीलाई संयोजक तोकिएको महाअभियानका सदस्य रामचन्द्र तिवारीले जानकारी दिएका छन् । उनका अनुसार कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र नेपाल स्थापनाको एजेन्डा प्रवेश गराएर महाअभियानको निर्णय छ ।

सो महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र नेपाल बनाउन दृढता व्यक्त गर्दै त्यसका लागि यो महाअभियानमा सत्य, निष्ठा र इमानदारिताका साथ निरन्तर क्रियाशील बन्ने विज्ञप्तिमा भनिएको छ ।

९४ प्रतिशतभन्दा बढी जनताको आस्था, विश्वास र भावनालाई उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी आकस्मिक अदूरदर्शी, अविवेकी र अपारदर्शी ढंगले धर्म निरपेक्षताको मतियार बन्ने काम नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूर्ण भएको देखिएकाले त्यसलाई सच्याएर नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्ने संवैधानिक व्यवस्था गर्न नेपाली कांग्रेसले अविलम्ब पहल गर्नुपर्ने अनिवार्य आवश्यकताप्रति पार्टीको गम्भीर ध्यान आकृष्ट गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, ‘२०६२ साल मंसिर ७ गतेको १२ बुँदे सहमति र २०६२र६३ को १९ दिने आन्दोलनको समयमासमेत सनातन हिन्दुराष्ट्रविरुद्ध कुनै माग वा आग्रह प्रकट वा अप्रकटरुपमा भएको थिएन,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, कांग्रेस धर्म निरपेक्षताको मतियार बन्ने काम नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूर्ण भएको देखिएको महाअभियानको निष्कर्ष रहेको छ ।

 


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?